Share Icon

१९ फागुन ,काठमाडौं ।  आजको व्यस्त समयमा मानिसहरुको व्यक्तिगत सम्बन्धमा विभिन्न दरार आउने गरेको छ ।

गम्भीर बन्दाबन्दै पनि थाहै नपाई गरिएका एक अर्काको व्यवहारले सम्बन्धलाई टुंग्याउनतर्फ बाध्य बनाइरहेको छ । यस अवस्थामा के कसरी आफ्नो पारिवारिक र जोडीको सम्बन्ध मजबुद बनाउन सकिन्छ त रु यहाँ ११ उपायहरु प्रस्तुत गरिएको छ ।

१. मोबाइल अफ वा साइलेन्टमा राख्ने

तपाईंलाई सम्बन्ध साँच्चिकै सुधार्नु छ भने जोसँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहनु भएको छ, उससँग कहिलेकाहीँ बाहिर घुम्न जानुहोस् । बाहिर जाँदा मानौँ तपाईं रेस्टुराँमा पुग्नुभयो, गम्भीर छलफल गरिरहनुभएको छ र त्यतिबेलै तपाईंको मोबाइलमा फोन आयो भने के गर्नु हुन्छ रु

तपाईं सम्बन्ध सुधार्न वास्तवमै चिन्तित र गम्भीर हुनुहुन्छ भने त्यो फोन उठाउनु हुन्न र साइलेन्टमा राख्नुहुन्छ । यसो गर्दा तपाईंको अघिल्तिरको व्यक्तिलाई तपाईंले वास्तवमै गम्भीरतापूर्वक लिएको महसुस हुन्छ । यस्तो अवस्थामा तपाईंको पार्टनरले मन खोलेरै कुरा गर्छन् । जब मन माझामाझ हुन्छ, मनको मैलो पोखिने गरी कुराकानी आदानप्रदान हुन्छ, त्यसपछि सम्बन्ध सुध्रने क्रम सुरु हुन्छ ।

२. सुत्न एकै चोटि जाने

मानौँ, तपाईं र तपाईंकी पत्नी वा पतिको सम्बन्ध चिसिएको छ । सम्बन्ध सुधारका लागि दुवै प्रयत्नरत हुनुहुन्छ भने राति सुत्न जाँदा दुवै पाटर्नर सँगै सुत्न जाँदा राम्रो हुन्छ । एकै पटक सुत्न ओछ्यान जानाले सम्बन्ध सुध्रन अनेक बाटो खुल्छन् । दुवै पार्टनरको सुत्ने समयमा फरक प¥यो भने सम्बन्धलाई असर पार्छ । हिन्दी टीभी शृंखलाभन्दा हाँस्य कार्यक्रम सँगै बसेर हेर्दा राम्रो हुन्छ ।

३. साना कुरा ध्यान दिन प्रयास गर्ने

आफ्नो पार्टनरका गरिने सानो काम पनि उसको लागि ठूलो हुन्छ । जस्तै ‘आई लभ यु’ भन्नु, उसको बर्थ डेमा सबैभन्दा पहिले शुभकामना दिनु, कहिलेकाहीँ गुलाबको फूल उपहार दिनु आदि । यसो गर्दा महत्व दिइएको महसुस हुन्छ । सम्बन्ध सुधारका लागि ठूला कामको अपेक्षा कसैले पनि गरेको हुँदैन । स–साना कुराले नै सम्बन्धलाई बचाउँछ ।

४. दुवै पार्टनर मिलेर केही नयाँ गर्ने

छुट्टीको दिन दुवै पार्टनरले सँगै नयाँ फिल्म हेर्ने, कतै घुम्न सँगै जाने गर्नुपर्छ । सकैसम्म दुवैले बढीभन्दा बढी समय सँगै बिताउनु पर्छ । यसले गर्दा सम्बन्धमा कुनै पनि किसिमको अमिलोपन बाँकी रहँदैन ।

५.एक अर्काको आलोचना नगर्ने

पार्टनरबीच एकअर्कोको आलोचना अरुसँग गर्नुहुँदैन । केही मानिस अलि बढी बोल्ने स्वाभावका हुन्छन् । बोल्दाबोल्दै आफ्नो पति या पत्नीको कुरा काटेँ भन्ने पत्तो नै पाउँदैनन् । अझ सम्बन्ध सुधारको प्रयास गरिरहेका जोडीहरुले त अरुसँग आफ्नो पति वा पत्नीका बारेमा गुनासो पनि गर्नु हुँदैन । जेजस्ता गुनासा छन्, एकअर्कालाई सुनाउने तर बाहिर नसुनाउनाले एकअर्कामाथि विश्वास बढ्छ । अरुलाई आफ्नो जोडीको कमजोरी वा गल्तीबारे गुनासो गर्नाले एकअर्काप्रति विश्वास कम हुन थाल्छ । आफू र आफ्नो जोडी बीचको कुरालाई आफूहरुमै सीमित गर्नुपर्छ ।

६.एकअर्काप्रति कृतज्ञता गर्ने

साना कुरामा पनि आफ्नो जोडीसँग कृतज्ञता व्यक्त गर्ने बानी बसाल्नुस् । जस्तै सरी, धन्यवाद लगायतका कुरा हेर्दा सामान्य शब्द भए पनि यसको सामथ्र्य ठूलो छ । यस्ता शब्द भन्ने बानी बसाल्नु भयो भने यसले एकअर्का बीचको माया बढाउने गर्छ । यसले आफ्नो पार्टनरलाई अलि विशेष पनि बनाउने गर्छ ।

७. सकारात्मक कुरामा ध्यान दिने

आफ्नो पार्टनरको गल्ती अथवा नकारात्मक कुराभन्दा बढी सकारात्मक र राम्रो काममा ध्यान दिनुपर्छ । राम्रो काम गरेको देख्नेबित्तिकै त्यसको प्रशंसा स्वाभाविक रुपमा आउनुपर्छ । यसले एकअर्का बीचको सम्बन्धलाई बचाउन सहयोग गर्छ ।

८. भावनात्मक सहयोग गर्ने

तपाईंको जोडीमा कुनै कमजोरी अथवा समस्या छ भने उसलाई भावनात्मक सहयोग गर्नुपर्छ । मानौँ, तपाईंको जोडीलाई ढाड दुख्ने समस्या छ, त्यस्ता समस्या पहिले नदेखेझैँ गर्नुहुन्थ्यो भने अब त्यस्ता कुरामा ध्यान दिएर आफूले त्यस दुखाइलाई सहज बनाउन डाक्टरकहाँ पुर्याउने, औषधि ल्याइदिनेजस्ता साना कामले बिग्रिएको सम्बन्ध पूर्ण रुपमा सुधार्छ ।

९.कारण बिनै उपहार दिने

कहिलेकाहीँ आफ्नो जोडीलाई कारण बिना नै उपहार दिनुपर्छ । उपहार दिने क्रम एउटा संक्रामक किसिमको व्यवहार हो । तपाईंले एक पटक उपहार दिएपछि अर्कोले पनि दिन्छ । यस किसिमको व्यवहारले दुवै पक्षलाई रमाइलो थप्ने मात्र होइन, सम्बन्ध कसिलो बनाउँछ ।

१०. बिदाको कार्यक्रम बनाउने

हामी काममा यति व्यस्त र मस्त हुन्छौँ कि परिवार र पत्नी पनि छन् भन्ने बिर्सिदिन्छौँ । यस्तै कुराले घरमा चिसो बढ्ने हो । त्यसैले कहिलेकाहीँ बिदा लिने र बिदाका बेला कतै घुम्न जाने कार्यक्रम बनाउनु पर्छ । सम्बन्धमा तिक्तता किन आउँछ रु किनभने त्यस सम्बन्धले नयाँ स्मरण गर्न लायक केही कुरा सिर्जना गरेको हुँदैन । बिदाका क्षणमा गरिने स–साना कुराले नयाँ नयाँ स्मरणीय अवसर जन्माउँछ । यिनै स्मरणीय क्षणले मानिसको सम्बन्ध कसिलो हुन्छ ।

११. आफ्नो कुरा मज्जाले व्यक्त गर्ने

सम्बन्ध विश्वासले बनेको हुन्छ । विश्वास चाहिँ त्यत्तिकै बन्दैन । एकअर्कालाई खुला रुपले व्यक्त गर्नाले नै विश्वासको आधार बन्छ । त्यसैले एकअर्कासँग कुरा लुकाउनु हुँदैन । आफ्नो मनको कुरा र विचार खुलस्त रुपले भन्नुपर्छ ।

यति गर्दा पनि सम्बन्ध सुध्रिएन भने तपाईंको सम्बन्ध साँच्चिकै क्लिष्ट छ । यसका लागि तपाईंहरूले मनोविज्ञसँगै परामर्श लिनुपर्ने अवस्था पनि आएको हुनसक्छ ।

Facebook Comments Box

Share Icon