Share Icon

८ बैशाख, काठमाडाैं । रूकुमपूर्व जिल्लाकाे पुथा उत्तरगङ्गा गाउँपालिका वडा नंम्बर १ र २ मैकोटले संयुक्त रूपमा बुकि पटान क्षेत्रमा यार्सा भेश क्याम्प सुरक्षा पठाउने निर्यण गरेको छ ।

वडा नम्बर १ र २ का सम्पुर्ण जनप्रतिनिधि, बुद्धिजीवी र ब्यवस्थापन समितिको संयुक्त निर्णयमा उक्त निर्णय गरिएकाे हाे ।

पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बिरमान विकले भन्नुभयो,  ‘बैशाख ७ गते सुरक्षाकर्मी पठाउने निर्णय भएको छ । साे अबधिभित्र कोही कसैले यार्सा संकलन तथा प्रवेश गर्न पाउने छैन, साथै अन्तिममा संयुक्त निर्णयमा केही समय पछि फुकुवा हुनेछ।’

बिहिवार विशेष टोली यार्सा भेश क्याम्पसम्मको अवलोकन समेत गरेकाे वडा नम्बर १ का वडा अध्यक्ष अध्यक्ष विकले बताउनुभयाे ।

 

Facebook Comments Box

Share Icon