बढैयाताल गाउँपालिका वडा नम्बर ८ को कार्यलयद्वारा प्रभातफेरी सरसफाई कार्यक्रम
७ फागुन, काठमाडाैं। आज बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा प्रभातफेरी तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बढैयाताल गाउँ पालिका वडा नम्बर ८ को आयोजनामा ७ नम्बर वडाका वडा अध्यक्ष, वडा नम्बर ८ का पुर्व अध्यक्ष, कालीका समुदायकका अध्यक्ष, प्रहरी प्रमुख, युवा क्लबका अध्यक्ष तथा पदाधिकारीहरू साथै विभिन्न विद्यालयका प्रअ लगायतको उत्साह जनक उपस्थितीमा बजार व्यवस्थापन समिती, टोल विकास समिती तथा प्रतिनिधिहरुक लगायतको सहभागितामा बढैयातालको मुख्य चोक देखि बजार क्षेत्रसम्म सरसफाइ एवंम डस्टबिन वितरण गरिएको हो। आजको दिनलाई निरङ्कुशताको बर्बरताबाट मुक्ति पाएको घटनाका रूपमा स्मरण गरिँदै आएको छ। नेपाली जनता निरङ्कुश जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको…
