सेनिटरी प्याडकाे समस्या लिएर युग बृद्ध नेपालको टिम पुग्याे गृह मन्त्रालयमा

Share Icon

२४पाैष, काठमाडाैं ।   नेपालमा पछिलो समयमा बिभिन्न अभियानहरू चलिरहेका छन् । जस मध्य एक हो,”निशुल्क सेनिटरी प्याड अभियान”।

करिब डेढ बर्ष अघि देखी नेपालमा प्याड निःशुल्क देश बनाउनु पर्छ भनेर युग बृद्ध नेपालको टिम लागि परिरहेको छ। यो टिमले कहिले सडक त कहिले मन्त्रालयको ढोका ढकढकाईरहेको छ।

सुरुवाति चरणमा सरकारले माग सम्बोधन गरेर विद्यालयलाई प्याड निःशुल्क बनायो। केहि बर्ष देखी स्थानिय तहमा सरकारले प्याड खरिदको लागी बजेट पठाएपनि त्यसको अन्यत्र खर्च

भईरहेको थियो तर पछिलो समय यस अभियानले माहोल तताएपछि सबै स्थानिय तहले प्याड खरिद गर्न र विद्यालयलाई पठाउन थालेको छ।

युग बृद्ध नेपालको टिमले अभियानलाई निरन्तरता दिदै गर्दा पछिल्लो समय स्थानिय तहको प्रशासनिक लापरबाहिका कारण खरिदमा ढिलासुस्ति तथा गुणस्तरहिन प्याड खरिद भएको

भनेर चैतर्फि आवाज आएकोले उक्त संस्थाका उपाध्यक्ष र कोषाध्यक्ष एंवम निःशुल्क सेनिटरी प्याड अभियानका सह-संयोजकहरू दान सिंह धामी र सुदिप बाबु खुलाल बस्नेत उक्त

बिषयवस्तु बारे ध्यान आकर्षण गराउन पत्र सहित विहीबार गृह मन्त्रालयमा नबनियुक्त उप-प्रधान एवंम गृह मन्त्री  रबी लामिछाने माझ सम्पुर्ण कुरा जानकारी गराएको बारे युग वृद्ध नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले बतानुभयाे।

अध्यक्ष शर्माले भन्नुभयाे,’  प्याड विद्यालयमा मात्र नभई महिनावारी हुने सबै महिलालाई प्याड उपलब्ध गराउन सरकार सगं माग गरीरहेका छौ।

जनताबाट पनि हामीहरुलाई समर्थन छ। हामी ढिलो चाडो भएपनि एक दिन यो अभियान सफल गराएरै छाड्ने छौ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.