Share Icon

२९ जेठ, काठमाडौं ।  कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । कंचनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडीएको बेलौरी नगरपालिका प्राकृतिक, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्र हो । १० वटा वडा समिति रहेको यस नगरपालिकामा कुल क्षेत्रफल १२३।४ वर्ग किलोमिटर छ भने कुलजनसंख्या ५३,५४४ रहेको छ । यस नगरपालिकाको जनघनत्व ४३३ जना प्रति किलोमिटर छ ।

नेपालमा संघीयताको अभ्यास भइसकेको छ। यस्तो अवस्थामा मुलुक संघीय प्रणालीमा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन भएको १ वर्ष दिन बितिसकेको छ।

पुनर्वास नगरपालिका वडा नम्बर ४ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ।

समाज सेवा तथा व्यवसायमा आवद्ध रहेका अर्जुन ढकाल २०७४ र २०७९ सालको स्थानिय तहको निर्वाचनमा बेलौरी नगरपालिका वडा नम्बर ४ मा जनताको मन र मत दुवै पाएर दास्राे कार्यकालकाे लागी निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।

चालु आर्थिक बजेटबाट वडामा सत प्रतिशत काम सम्पन्न गरेको बाँकी काम अब चाडै सक्ने वडा अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

व्यवसायमा आवद्ध रहेका समाज सेवामा लागी रहनुभएका वडा अध्यक्ष ढकाल अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ।

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाँले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

आफुले गरेका प्रतिबद्धता अनुसार पुरा गरेको पाँच वर्षाको कार्यकालमा सत प्रतिशत प्रतिबद्धता अनुसार काम सम्पन्न गर्ने वडा अध्यक्ष ढकालले उल्लेख गर्नुभयो।

वडा अध्यक्ष ढकालले भन्नुभयाे, ‘पहिलाे कार्यकालमा भएका जति वडाका गतिबिधि दास्राे कार्यकालमा हुन सकेकाे छैन् । आर्थिक मन्दीका कारणले पनि होला बजेट पनि थोरै वडामा आएको छ । वडाका काम गर्न पर्ने धेरै छ ।’

वडा अध्यक्ष ढकालले थप्दै भन्नुभयो, ‘सडक कालाे पत्रे , शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं।’

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ। सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष ढकालले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु। मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु। जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

Facebook Comments Box

Share Icon