Share Icon

काठमाडाैं । तनहुँकाे शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ मा अहिले विकास निर्माणका गतिविधि तीव्र गतिमा भइरहेकाे छ ।

वडा अध्यक्ष सुमन रानामगरले वडा अहिले दुर्गा टोल एक्लेखेत हुँदै मनकौरी मोटर मार्गको ग्राबेल र नाली निर्माणकाे कार्य भइरहेकाे जानकारी दिनुभयाे ।

उहाँले संघीय सरकार अन्तर्गतकाे याे याेजना भ्याटबाहेक ५८ लाख २५ हजार २ सय २७ रूपैया ७५ पैसाकाे लागतमा
निर्माण भइरहेकाे छ ।

त्यस्तै उहाँले नर्सरी खानेपानी ट्याङकीकाे निर्माण कार्य पनि तीव्र गतिमा भइरहेकाे जानकारी दिनुभयाे । वडा अध्यक्ष रानामगरले याे नगरस्तरीय याेजना भएकाे बताउनु भयाे ।

उहाँले उक्त नर्सरी खानेपानी ट्याङकी २५ लाख लागतमा निर्माण भइरहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘याे याेजना निर्माण भएपछि वडामा रहेका करिब ३ सय घरधुरी लाभान्वीत हुनेछन्।’

Facebook Comments Box

Share Icon