Share Icon

२९ जेठ , काठमाडौं ।  कञ्चनपुर जिल्ला सुदुरपश्चिम प्रदेशमा अवस्थित रहेको छ । कंचनपुर जिल्लाको दक्षिणी सीमावर्ती भारतसित जोडीएको बेलौरी नगरपालिका प्राकृतिक, सांस्कृतिक, आर्थिक एवं प्रशासनिक महत्व बोकेको क्षेत्र हो ।

१० वटा वडा समिति रहेको यस नगरपालिकामा कुल क्षेत्रफल १२३।४ वर्ग किलोमिटर छ भने कुलजनसंख्या ५३,५४४ रहेको छ । यस नगरपालिकाको जनघनत्व ४३३ जना प्रति किलोमिटर छ ।

समाज सेवा, राजनिती आवद्ध रहेका राना २०७९ सालको स्थानिय तहको निर्वाचनमा बेलौरी नगरपालिका वडा नम्बर ९  मा जनताको मन र मत दुवै पाएर निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ।

यस वडा मध्य वडा नम्बर ९ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष किसन सिंह राना । उहाँलाई किसानहरुको ढुकढुकी भन्दा फरक पर्दैन समस्या पर्नासाथ उहाँलाई सम्झना समाधानको उपाय निस्कीनै हाल्छ।

वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाँले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

आफुले गरेका प्रतिबद्धता अनुसार पुरा गरेको पाँच वर्षाको कार्यकालमा सत प्रतिशत प्रतिबद्धता अनुसार काम सम्पन्न गर्ने वडा अध्यक्ष रानाले उल्लेख गर्नुभयो।

वडा अध्यक्ष रानाले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं।’

बाटोको समस्या, शिक्षा, स्वास्थ, विद्युत, युवा शक्तिको लागि रोजगार लगायतका समस्याहरुको निराकरणको लागि विभिन्न योजना रहेको बतानुहुदैँ वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका स्पष्ट पार्नुभयो ।

उहाँले थप्दै भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ।’

जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ९ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु। मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु। जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ, जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।

Facebook Comments Box

Share Icon