समृद्ध वडा बनाउँदै अध्यक्ष थारू
६ पाैष, काठमाडाैं । बर्दिया जिल्लको बारबर्दिया नगरपालिका वडा नम्बर २ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।
वडा अध्यक्ष राम फेरन थारुले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएको बताउनु भयो ।
वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायत क्षेत्रमा राम्रो काम गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, अघिल्लो वर्षका बाँकी रहेका वडा योजनाहरु यो वर्ष पुरा गरेको छु, वडावासीको समस्या समाधान गर्नको लागि अहोरात्र खटिरहेको छु।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थारुले जानकारी दिनुभयो ।
उहाँले अहिले वडामा दुई वटा योजना सम्पन्न भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, वडा स्तरीय खेलकुद र वडामा थारुको बस्ति धेरै भएकोले पुख्र्यौली सांस्कृतिक बचाउ कार्यक्रम सम्पन्न भएको छ।
वडामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएको उहाँले बताउनुभयो । वडा अध्यक्ष पहिले इन्जिनियर पेशामा आबद्ध भएकोले वडामा निर्वाचित भएर आएपछि वडामा काम गर्न कुनै गाह्रो महशुस नभएको उहाँले बताउनुभयो ।
त्यस्तै तरकारीहरुमा लाग्ने रोगको रोकथाम गर्नको लागि वडामा बालि उपचार सिविर सञ्चालन गरेको वडा अध्यक्ष थारुले बताउनुभयो ।त्यसैगरी शिक्षा क्षेत्रको लागि वडामा विद्यालयको भवन निमार्ण कार्य सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।
गुणस्तरीय शिक्षाको लागि विद्यालयको प्रधानाध्यापकलाई सधै भेटघाट गरेर शैक्षिक क्षेत्रको लागि परार्मश दिने तथा समन्वय गर्ने गरिएको उहाँले बताउनुभयो ।
उहाँलाई वडाबासीले साथ र सहयोग दिएकोले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।
उहाँले यस वडालाई कृषि व्यावसायिकमुखिकरण बनाउने लक्ष्य राखेकोे बताउनुभयो। त्यस्तै उहाँले यस वडामा रहेको काठेपुललाई पुन निमार्ण गर्ने उहाँले बताउनुभयो।
वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ? भनेर सोधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण २ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।







