वडा अध्यक्ष श्रेष्ठको पहलमा विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

Share Icon

काठमाडाैं । प्युठान जिल्लाकाे प्युठान नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्षकाे पहलमा विद्यार्थीहरूलाई पोसाकसहितशैक्षिक सामाग्री वितरण गरिएकाे छ ।

प्युठान नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठकाे पहलमा विद्यार्थीहरूलाई पोसाकसहित शैक्षिक सामाग्री वितरण गरिएको हाे।

हेल्प नेपाल नेटवर्ककाे सहयोगमा प्युठान नगरपालिका वडा नम्बर ३ स्थित सरस्वती प्रावि विद्यालय सेपुङका १०० जना विद्यार्थी भाइबहिनीलाई पोसाकसहित शैक्षिक सामाग्री वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयाे, ‘पोसाकसहितकाे शैक्षिक सामाग्री विद्यार्थीहरूले पाउँदा, उनीहरूकाे केही हदसम्म शैक्षिक स्तर वृद्धि हुन्छ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.