गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच सहकार्य
♦आलोक भावुक २४ माघ,गढवा। गढवा गाउँपालिका र नेपाल रेड्क्रस सोसाइटी बिच आगामी दिनहरूमा सहकार्य समन्वयको लागि मंगलवार छलफल गढवामा छलफल भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको छलफल कार्यक्रममा पहिले जसरी नै आगामी दिनहरूमा आईपर्ने बिपद् लगायतका अन्य क्षेत्रमा पनि पालिका र रेड्क्रस कसरी समन्वय सहकार्य गरेर अघि बढ्ने बारेमा छलफल भएको पालिका ले जनाएको छ । नेपाल रेड्क्रस सोसाइटी हर बिपद् लगायतकाको काममा स्थानीय सरकार संग हातेमालो गरेर हरेक गतिविधि गरिरहेको छ। कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल विश्वासु ले नेपाल रेडक्रसले विपद् तथा संकट व्यवस्थापनमा विशेष गरेर बाढी र पहिरो, आगलागी, सडक दुर्घटना,…
