हात्तीको आतंकबाट स्थानिय त्रासित
१७ पौष, काठमाडौं । हात्तीको आक्रमणबाट बर्दिया गेरुवा गाउँपालिका स्थित वडा नम्बर १ का स्थानिय अहिले त्रासित छन् ।
वडा खवरसंग कुरा गर्दै गेरुवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कर्म प्रसाद चौधरीले हात्तीले गहुबाली नोक्सान गरेको र घर भत्काइ दिएको र अन्न बाली खाईदिएर दु:ख दिएको गुनासो गर्नुभयो ।
बस्तीभर क्षति पुगको र स्थानिय त्रासमा बस्न बाध्य भएकोे वडा अध्यक्षले बताउनुभयो । तत्काल क्षति पुगका भटेरा गाउँमा २ वटा, बगी गाउँमा ३, बनखेतमा २, जनकनगरमा २ गरी अन्य १५ जति घरमा क्षति पुगेको अध्यक्ष चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, हामी वडाबाट निरन्तर लागिरहेको र वडाको तर्फबाट पनि पहल हुदँै छ । शुक्रबार बर्दिया राष्टिय निकुन्जसंग मानव र बन्यजन्तुबिच कसरी न्युनिकरण गर्ने भनेर छलफल गरेको जानकारी दिनुभयो। छलफल सकारात्मक भएको उल्लेख गर्नभयो ।
छलफमा बालिबिमा र घर बिमाका बिषयमा छलफल भएको उल्लेख गर्नभयो । पुौष २० गते पुुन छलफल गरेर बिमा कार्यक्रम अगाडि बढाउने निर्णय गरेको बताउनुभयो । हात्तीले आक्रमण गरेर केही पूर्ण रूपमा घर भत्काइदिएको हो ।
हात्तीको आक्रमणबाट क्षति भएका स्थानिय त्रासीत र दु:ख पाईरहेको उल्लेख गर्नभयो अहिले बस्तीबासी विस्थापित भई आफन्तको शरणमा समेत पुग्न जानपर्न अवस्था सिर्जना भएको र हात्तीले घर भत्काएपछि अहिले बस्ती नै त्रासीत छ ।
हात्तीबाट पिडित भएकालाई राहतका लागि साथै बिमाका बिषयमा वडाबाट पहले भइरहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।











