Share Icon

 २७ माघ, काठमाडाैँ । गण्डकी प्रदेश गोरखा जिल्ला स्थित गोरखा नगरपालिका वडा नं.८ का वडा अध्यक्ष ऋषिराम के.सी गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर  अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष के.सीले बताउनुभयो ।

वडा अध्यक्ष के.सी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष के.सीले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” वडामा पहिलो प्राथमिकता खानेपानीको क्षेत्रलाई दिदै घरघरमा धारा पुराउने काम सम्पन्न गरेका छौ । त्यस्तै गरी सडकको खण्डमा मुख्य आधारभुत तिन सडकहरु सिमल गैरी बेल डाँडा सडक, कट्टेल डाँडा र आम डाँडा सडकहरु कालो पत्रे गर्नको लागि डि.पि.आर गरिरहेका छौ । ”

कृषिको क्षेत्रमा मौरी पालन र तरकारी खेतिको लागि बजेट विनियोजन गरेको अध्यक्ष के.सी.ले प्रष्ट पार्नुभयो । शिक्षालाई मध्यनजर गर्दै गरिब तथा अपांगका लागि भनेर वडाबाट राहात स्वरुप केहि रकम विनियोजन गरेका छौ ।

स्वास्थ्यको क्षेत्रमा आधारभुत जेष्ठ नागरिक र आधारभुत स्वास्थ्यको लागि निशुल्क औषधीहरु वितरण गर्ने योजनामा राखेका छौ । त्यस्तै सरसफाईका कार्यक्रमहरु राखेका छौ ।

यो वडामा पर्यटकीय क्षेत्रले सम्भावित क्षेत्र भनेको पुरानो रानी वन, झाक्री गुफा, संरक्षित वन बाराई मन्दिर, लुदि धामे वनलाई आर्कषित बनाउनको लागि बृहत रुपमा कामहरु भईरहेको छ ।

त्यस्तै वडामा रहेका योजनाहरु सम्पन्न गर्नको लागि कामहरु तीव्र गतिमा भईरहेका छन ।

अन्त्य मावडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ८ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon