वडाबासीहरुलाई लक्षित गर्दै योजनाहरु ल्याएका छौं, अध्यक्ष अधिकारी
♠हस्ता विष्ट
२८ फागुन, काठमाडाैँ । साविक भानु न.पा. को क्षेत्रफल ८७.८१ वर्ग.कि.मी, जनसंख्या २३,६१६, साक्षरता ९८ प्रतिशत, जनघनत्व २६९.२५ प्रति वर्ग कि।मि रहेकोमा नवगठित स्थानीय तह भानु नगरपालिकाको क्षेत्रफल १८४ वर्ग. कि.मि, जनसंख्या ४५,७९२ र वडा संख्या १३ रहेका छ ।
यस नगरपालिकाको पूर्वमा गोरखा र लमजुङ, पश्चिममा व्यास न।पा, उत्तरमा लमजुङ तथा दक्षिणमा बन्दिपुर गाँउपालीका र गोरखा जिल्ला रहेका छन् ।
तनहु जिल्लाको भानु नगरपालिका वडा नंं. १३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर १३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर अधिकारी ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ । वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडा अध्यक्ष अधिकारी अहोरात्र खटिरहनु भएको छ ।
भानु नगरपालिका वडा नंं. १३ मा जम्मा बजेट १ करोड ९ लाख विनियोजन गरिएको वडा सचिव मदन वि.सीले बताउनुभयो ।
वडा अध्यक्ष अधिकारी भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, तटबन्धन, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष अधिकारीले बताउनुभयोे ।
वडा अध्यक्ष अधिकारीले भन्नुभयो, ” वडामा रहेका साना तिना बाटोहरु स्तरउन्नति गर्दै बाटो चौडा गर्ने, बाटोको मर्मत सम्भार गर्ने काम भईरहेको छ । ”
त्यसै गरी शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा सम्पुर्ण कामहरु पालिकाले नै हेर्ने वडा अध्यक्ष अधिकारीले जानकारीहरु दिनुभयो ।
उहाँले भन्नुभयो, खानेपानी क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा लिफ्टिङबाट खानेपानी पुराउनको लागि बृहत रुपमा कामहरु अगाडी बढाई रहेको छ ।
उहाँले भन्नुभयो, ” वडामा साना तिना योजनाहरु रहेका छन्, उक्त योजनाहरु सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेका छौ । ”
उहाँले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर १३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







