Share Icon

२७ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं.९ का वडा अध्यक्ष कुल बहादुर कुँवरले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नंं.९ मा अहिले विकासले मुहार फेरिरहेको छ ।

जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कुल बहादुर कुँवरले ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी,बाटो सडक, खेलकुद, सरसफाई, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कुँवरले बताउनुभयो ।

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो,  ” एकल महिलाहरुले आफना समस्याहरु राख्नकोे लागि, विभिन्न बैठकहरु बस्नको लागि, नितान्त उनिहरुले मात्र प्रयोग गर्नको लागि सामुदायिक भवनको मर्मत सम्भारको कामहरु तीव्र गतिमा भईरहेको छ । ”

त्यस्तै दशै तिहारको बेलामा वडाको पहलबाट वडाको विभिन्न ठाउँहरुमा सरसफाई गरेर वडालाई सफा सुन्दर बनाउने काम पनि सम्पन्न गरेको अध्यक्ष कुँवरले जानकारी दिनुभयो ।

त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको छौ । युवाहरुको लागि खेलकुदमा पनि बजेट विनियोजन गरेका छौ ।

त्यस्तै सहकारीको प्रर्वधन गर्नको लागि पनि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, कृषिलाई पनि बजेट विनियोजन गरेका छौ, तर केके मा लगानि गर्ने भन्ने फिक्स नभएको उहाँले बताउनुभयो ।

स्वास्थ्यको क्षेत्रमा वडाको स्वास्थ्य चौकीमा औषधीहरु ल्याउनको लागि वडाको पहलबाट रकम विनियोजन गरेका छौ । यस वडामा अस्थायी प्रहरी विट स्थापना गरेर प्रहरीलाई वडाबाट तलब दिईरहेको वडा अध्यक्ष कुँवरले प्रष्ट पार्नुभयो ।

त्यस्तै खानेपानीको क्षेत्रमा पानी टयाङकीको मर्मत सम्भारको लागि पनि बजेट छुटटाएका छौ । वडामा विभिन्न ठाउँमा सिढी बाटो बनाउने कामहरु भईरहेको छ ।

आफनो कार्यकालमा वडालाई नमुना वडा बनााउनको लागि अध्यक्ष अहोरात्र खटिरहेनुभएको छ । वडाको चौतर्फी विकासको लागि हामी सदैब लागि परिरहेको उहाँले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ९ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ९ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon