गढवा स्वास्थ्य चौकीबाट एक्स-रे सेवा सुरु

Share Icon

गढवा, २४ बैशाख ।   साथै गढवा स्वास्थ्य चौकीबाट एक्स-रे सेवा सुरु भएको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आईतवार एक्स रे सेवाको फिता काटेर उद्घाटन गर्नु भएको हो।

उद्घाटन गरे लगत्तै सेवा सुरु भएको र अन्य ठाउँमा भन्दा केही खर्चमा एक्स रे गर्न सकिने त्यसको लागि केही दिनमै शुल्क निर्धारण गरिने स्वास्थ्य चौकी गढवाले जानकारी दिएको छ।

सेवा सुचारु भएको छ, सामान्य एक्स रे गर्नका लागि अब गढवा बाहिर जान नपर्ने गढवा स्वास्थ्य चौकीकी रेडियो ग्राफर सरस्वती चौधरीले जानकारी दिनु भयो।

कार्यक्रममा वडा खोप समन्वय समितिका संयोजक विर बहादुर आले, सदस्य खुमानन्द पोख्रेल, गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी,वडा खोप समन्वय समितिका सल्लाहकार शिवराज पन्थी, शंकर पाण्डे, स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्य दिनमणी आचार्य,महिला स्वास्थ्य स्वयंसेविका लगाएतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा स्वास्थ्य चौकीका सुर्य प्रकाश यादवले गर्नु भएको थियो।

 

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.