Share Icon

♣ध्रुब कार्की 
१८ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका स्थित २ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्षमा कुमार तामाङ निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

२०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुनुहुन्छ कुमार तामाङ, हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ ।

पछिल्लो समय शिवपुरी गाउँपालिका स्थित वडा नम्बर २ ले विकासको फड्को मारिहेको छ । अध्यक्ष तामाङले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

उहाँले अघिल्लो कार्यकालमा अधुरा रहेका योजनाहरूहरुलाई सम्पन्न गर्दै नयाँ योजनाहरुमा ध्यान केन्द्रित गरेर अघि बढ्दै हुनुहुन्छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर २ का वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

वडामा शिक्षा, स्वास्थ्य, कृषि र सडकलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो, “हामीले वडामा रहेका सडकहरुलाई अध्यन गरेर अपुग भएका सडकहरु निर्माण गर्दै जिर्ण भएका सडकहरुलाई मर्मत सँगै ढलान तथा स्तर उन्नती गर्ने काम गरीरहेका छौँ ।”

वडामा खानेपानीको समस्या रहेको ठाउँमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा एक घर एक धारा बनाउने अभियानका साथ कामहरु भइरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

त्यसैगरी उहाँले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै किसानहरुलाई कृषि सम्बन्धी कार्यक्रमहरु गर्दै वडामा सिचाईका कामहरु भइरहेको बताउनुभयो ।

वडा अध्यक्ष तामाङले भन्नुभयो, “हामीले शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन लागीरहेका छाैँ, साथै पालिका लगाएत सरोकारवाला सँग मा.वी विद्यालयको माग गर्दै कार्यहरु गरीरहेका छौँ ।”

वडामा रहेका स्वास्थ्य क्षेत्रमा कर्मचारीहरुको व्यवस्थापन गर्र्दै सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजनासँगै वडामा रहेका वडाबासीहरुको स्वास्थ्थयलाई ध्यानमा राख्दै समय समयमा स्वास्थ्य शिवीर सञ्चालन गर्ने गरेको पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुको लागि खेलकुद सँगै जचेतनाका कार्यक्रमहरु योजनामा समेटेका छौँ ।”

उहाँ वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको जानकारी दिनुभयो ।

उहाँ निर्वाचित हुनु भन्दा अघि समाज सेवामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

२ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायतका समस्याहरुको सामाधानका साथै जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर २ का अध्यक्ष तामाङले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon