कृषि क्षेत्र विस्तारै आधुनिकीकरण तर्फ उन्मुख हुँदैछः अध्यक्ष असराज न्याैपाने
२२ असाेज, काठमाडाैं । नेपालको प्रदेश नं ५ अन्तर्गत बर्दिया जिल्लामा पर्ने राजापुर नगरपालिका भौगोलिक हिसाबले २८० २१” २५.१६’ देखि २८० २९’ ४३” उत्तरी आक्षांश र ८१o ३’ २५.६३” देखि ८१o १२’ ५२” सम्म पूर्वी देशान्तरसम्म फैलिएको छ ।
समुद्र सतहबाट १४२ मिटरदेखि १५४ मिटर सम्मको उचाइमा अवस्थित राजापुर नगरपालिका ऐतिहासिक तथा धार्मिक महत्व बोकेको एउटा प्रमुख कृषि क्षेत्र हो । १२७.०८ वर्ग.किलाेमिटर क्षेत्रफल रहेको यस नगरपालिकाको उत्तरमा गेरुवा गाउँपालिका र कैलाली जिल्ला, पश्चिमतिर कैलाली जिल्ला, दक्षिणमा भारत र पूर्वमा मधुवन नगरपालिका रहेका छन् । राजापुर नगरपालिकालाई २०७१ पौष २५ गते साविकको दौलतपुर, नयाँगाउँ, राजापुर, बदलापुर, भिम्मापुर र मानपुर टपरा गा.वि.स. समावेश गरी १९ वडा सहितको राजापुर नगरपालिका घोषणा गरीएको थियो भने मिति २०७३ फागुन २२ गते साविकको राजापुर न.पा. र खैरिचन्दनपुर गा.वि.स. समावेश गरि जम्मा १० वडा कायम गरेको छ ।
यस नगरपालिकाको नाम राजापुर रहनुको कारण विभिन्न जनविश्वास र ऐतिहासिक पृष्ठभूमि रहेका छन् । कहिले गोलामण्डी, कहिले राजापुर नाम भएको यस ठाउँमा राजाराम कुर्मीको नामबाट राजापुर भएको हो भन्ने कथन रहेको छ भने अर्को कथन अनुसार यस ठाउँमा पहिला ठकुरी जातिका राजारजौटाहरुले बसोबास गर्थे पछि राजा राजा हुंदै राजापुर भएको हो भन्ने विश्वास पाइन्छ । नगरपालिकामा पठनपाठनका लागि २९ वटा आधारभुत (१–५), ९ वटा आधारभुत (१–८), ६ वटा मा.वि. (१–१०) र ६ वटा मा.वि. (१–१२) गरी जम्मा ५० वटा विद्यालय र ७५ वटा बालविकास केन्द्रहरु शिक्षण संस्थाहरु रहेका छन् ।
बर्दिया जिल्लामा नयाँ गठन भएका नगरपालिकाहरुमा धेरै सम्भावना बोकेको नगरपालिकाको रुपमा राजापुर नगरपालिका त छँदैछ यसका अतिरीक्त सचेत राजनैतिक दल र उत्प्रेरित नगरवासी समेत यो नगरपालिकाका दरिलो अनि दीगो विकासको श्रोतका रुपमा रहेका छन् । यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । घरधुरी तथ्याङ्क संकलन खानेपानि, सररफाइ तथा स्वच्छता योजना २०७७ अनुसार कुल जनसख्या ६९हजार ८ सय ७३ मध्ये महिला ३४ हजार ५ सय ६१ र पुरुष ३५ हजार ३ सय १२ छन ।
यस नगरपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । सबैभन्दा बढी तराई जनजाति ५६,६६७ जना (८१.१%), दोस्रोमा पहाडी ब्राम्हण-क्षेत्री ७,३३७ (१०.५%) र तेस्रोमा पहाडी दलित २,५२२ (३.६१%) हरुको बसोबास रहेको छ । शहरी र ग्रामिण क्षेत्रको रुपमा रहेको नगरमा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् । औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो ।
परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवन शैलीमा समेत रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । विगतमा योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस नगरपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाड पर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होलि, गौरा, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, छठपर्व, बुद्धजयन्ती र क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाइन्छ।
राजापुर नगरपालिका-६ का वडा अध्यक्ष असराज न्याैपानेले विकास निर्माणकाे काम दशैं-तिहार पछिबाट सुरू हुने बताउनुभएकाे छ। उहाँले वडा खबरसँग कुरा गर्दै सडक बाह्रै महिना संचाल भइरहेकाे पनि जानकारी गराउनुभएकाे हाे । उपभाेक्ता समिति गठन भएकाे र ट्रेनिङकाे प्रक्रिया भइरहेकाे पनि उहाँले बताउनुभयाे ।आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत वडा नम्बर ६ लाई नगरपालिकाले ५१ लाखकाे बजेट सिलिङ गरेकाे र प्रदेश र संघीय सरकारले दिएकाे सहित गरेर कुल २ कराेड भन्दा बढी बजेट रहेकाे उहाँले बताउनुभएकाे छ।
कृषि क्षेत्र विस्तारै आधुनिकीकरण तर्फ उन्मुख हुँदै गएकाे पनि उहाँले जानकारी गराउनुभयाे । साथै उहाँले नगरपालिकाकाे कृषि शाखा अन्तर्गत कृषकलाई बीउ-बिजन वितरण भएकाे पनि बताउनुभयाे। यहाँकाे मुख्य खेती धान र मकै भएकाे पनि उहाँकाे भनाइ छ । कृषिका लागि सिंचाइकाे कतिपय ठाउँमा अभाव रहेकाे पनि उहाँले बताउनुभयाे।
वैदेशिक राेजगारीका लागि मासिक २-३ जना युवा यस वडाबाट जाने गरेकाे उहाँले बताउनुभयाे । साथै युवाई स्वदेशमै राेक्ने प्रयास पनि भइरहेकाे उहाँकाे तर्क छ । २ सय बेराेजगारी युवाई राेजगारी प्रदान गरिएकाे पनि उहाँले बताउनुभयाे । वडा कार्यालयकाे भवन निर्माणका लागि टेन्डर भएर प्रक्रिया अघि बढिसकेकाे पनि उहाँले जानकारी गराउनुभयाे ।
यस वडालाई सामाजिक न्यायसहितकाे दिगाे र समृद्धि बनाउने याेजनामा लागेकाे पनि उहाँले बताउनुभएकाे हाे । सामुदायिक विद्यालयलाई सुधार उन्मुख रहेकाे उहाँले बताउनुभयाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक, पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि काम सहज रूपमा भइरहेकाे उहाँले बताउनुभएकाे हाे ।
उहाँले यस क्षेत्रकाे मुख्य बाली धान, गहुँ, मकै र तोरी रहेकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘ यस क्षेत्रकाे मुख्य खेती गहुँ र तोरी रहेकाे छ।’ त्यस्तै उहाँले दुई सय युवायुवतीलाई रोजगार सम्बन्धी तालिम प्रदान गरिएकाे जानकारी दिनुभयाे ।
केन्द्रीय प्रसारण लाइन मार्फत विद्युत वितरण भएकाे तर व्यवस्थित हुन भने बाँकी रहेकाे उहाँकाे भनाइ छ। जनताका आधारभूत आवश्यकताई पूरा गर्ने लक्ष्यका साथ अघि बढेकाे उहाँकाे तर्क छ। अन्त्यमा निर्वाचनकाे समयमा जनताले गरेका मागलाई पूरा गर्ने लक्ष्य रहेकाे अध्यक्ष न्याैपानेकाे दावी छ।