नमुना वडा बनाउने हाम्रो उदेश्य रहेको छ : अध्यक्ष उपेन्द्र बहादुर जोरा

Share Icon

२१ जेठ , काठमाडौँ ।    डडेल्धुरा जिल्ला को साबिक बगरकोट ,भागेश्वर र रुपाल गा।वि।स । लाई मिलाएर बर्तमान भागेश्वर गाउपालिकाको स्थापना २०७३ चैत्र २ गते भएको हो । डडेल्धुरा जिल्ला बाट १४ किमी पश्चिममा रहेको यो एक सुन्दर गाउपालिका हो । अस्थाई केन्द्र बगरकोट रहेको यस गाउँपालिकाको नामाकरण यस क्षेत्रकै प्रसिद्ध मन्दिर , भागेश्वर , को नाम बाट गरिएको हो ।  २३३ .३८ बर्ग किमी मा फैलिएको यो गाउँपालिकामा जम्मा ५ ओटा वार्ड रहेका छन् ।

उपेन्द्र बहादुर जोरा २०७९ सालको स्थानिय तहको निर्वाचनमा भागेश्वर गाउपालिका वडा नम्बर २ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले विद्यार्थि जिवनबाट नै राजनितिक तथा समाज सेवामा आवद्ध रहनुभएका उपेन्द्र बहादुर जोरा  २०५२ सालदेखि देखि सक्रिय रुपमा राजनितिमा लाग्नु भएको थियो।

चालु आर्थिक बजेटबाट वडामा सत प्रतिशत काम सम्पन्न गरेको बाँकी १,२ वडा काम अन्तिम चरणमा काम रहेको अब चाडै सक्ने वडा अध्यक्ष जोराले उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष जोराले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’

पहिलो प्रथमिकता पुर्वाधारलाई दिएर सडका संजाल जोडने काम गरेको कुल बजेटको ५५ प्रतिशत बजेट छुट्याएको वडा अध्यक्ष जोराले बताउनुभयो।

वडामा खानेपानिमा, स्तरिय सडक छैन, गुणस्तरिय शिक्षा छैन, बिजुलि बत्तिको अभाव छ समस्या धेरै छन् विस्तारै विकास गर्दै छौ । समित बजेट छ तर पनि सबै चुनौतिलाई  आत्मसाथ गर्दै अगाडी बढिरहेका छौं । वडा अध्यक्ष जोराले बताउनुभयो ।

वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिले सम्म विकास कार्य सुरु नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरु गर्ने योजना तयार भैसकेको अध्यक्ष जोराले बताएका हुन ।

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष जोराले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.