कृषिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष डंगौरा
२२ पाैष, काठमाडाैं । कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ मा भाेदुराम डगौराले विकास निमार्णका कामहरु तिब्ब्र गतिमा अगाडि बढाईएको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष डगौराले जानकारी दिनुभयो ।वडाबासीकाे बिस्वास अन्तिम पलसम्म जिउँदो राख्ने गरी काम गर्ने वडाअध्यक्ष कठरीयाकाे प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा उपभोक्ता समिति गठन गरेर स्वास्थ्य,शिक्षा,कृषि,बाटो सडक, पुर्वाधार विकास निमार्णका योजना, धार्मिक तथा सांस्कृतिक योजना तथा कार्यक्रमहरु ल्याएको उहाँले भन्नुभयो ।
उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, ‘नेपाल कृषि प्रधान देश भएकोले आफनो वडामा पनि कृषिलाई पहिलो प्राथमिकता कृषिलाई दिदै कृषिलाई आधुनिकिकरण गर्ने,व्यावसायमुखिकरण बनाउने र कृषि क्षेत्रको लागि वडामा कृषिप्रोजेक्टरको व्यवस्था गरेर सिचाईको लागि निशुल्क स्यालो टुबेलको व्यवस्था गरेको,त्यस्तै नयाँ विउ विजन ,तरकारीको विउँहरु वितरण गरेको छौ ।’
त्यसै गरी शिक्षा क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको लागि वडाबाट पहल गरिरहेको र बालबालिकाहरुलाई शैक्षिक सामागी्रको व्यवस्था गरेका छौ । उहाँ पहिले एक व्यापार व्यावसायमा आबद्ध हुनुहुन्थ्यो ।
त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन् , उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी सदैब लागि परिरहेका छौ । वडाको चौतर्फी विकासको लागि हामी निरन्तर लागि परेका छौ ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो ।
जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।
अन्त्यमा वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु।
मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।