विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा अगाडी बढाई रहेको छौं: अध्यक्ष वली
२ माघ, काठमाडाैं । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका वडा नंं.२ मा अहिले विकास निमार्णका कार्यहरु तिब्ब्र गतिमा अगाडी बढाई रहेको छ ।
वडा नंं.२ का वडा अध्यक्ष नोख बहादुर वलीले जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको बताउनुभयो । उहाँ जनताले अत्यन्त रुचाएका एक अब्बल र दोस्रो पटक निर्वाचित वडा अध्यक्ष हुन् नोख बहादुर वली ।
स्वास्थ्य,शिक्षा,खानेपानि,सरसफाई, बाटो सडक,सिचाई,कृषि तथा बिजुल्लि बत्तिको क्षेत्रमा राम्रो काम गरेको उहाँले बताउनुभयो । त्यस्तै स्थानिय तहको निर्वाचन पछि वडामा धार्मिक तथा सांस्कृतिक क्षेत्रमा पनि विकास भएको उहाँले बताउनुभयो ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्नलाई कुनै कठिनाई नभएको वडा अध्यक्ष वलीले बताउनुभयो । उहाँ यस वडा बासीको मन मष्तिसमा बस्न सफल हुनुहुन्छ । जनताको विकासको लागि भोक,तिर्खा,प्यास,घाम पानि, थकान नभनेर लागि परेको हुनुहुन्छ ।
त्यस्तै वडामा महिलाहरुको लागि वडामा सिपमुलक तालिम ,सिलाई कटाई तालिम,रोजगारीको अवसर सिर्जना गरेको उहाँले बताउनुभयो ।वडाबाट बालबालिकाहरुलाई निशुल्क कम्प्युटर तालिम दिने व्यवस्था गरेको वडा अध्यक्ष वलीले बताउनुभयो ।
उहाँ पहिले पनि वडा अध्यक्ष पदमा काम गरेको हुनाले अहिले वडामा काम गर्नलाई कुनै कठिनाई नभएको वडा अध्यक्ष वलीले बताउनुभयो । वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,सिचाई,बाटो सडक तथा बिजुल्लि बत्तिलाई पहिलो प्राथमिकता राखेको उहाँले जानकारी दिनुभयो ।
स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर अगाडि बढाई रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,अझजनताको इच्छा चाहाना पुरा गर्नको लागि म सदैव लागि परिरहने छु ।
अन्त्यमा भन्नुभयो ,जसरी मलाई जनताको अमुल्य भोट दिएर श्विासका साथ मलाई दोस्रो पटक निर्वाचित गराउनु भयो,त्यसरी नै जनताको विश्वासलाई टुुट्न दिने छैन । सदैव वडाको चौतर्फी विकासका लागि परी रहने छु ।







