वडाको समग्र क्षेत्रलाई समेट्दै विकासको काम अगाडि बढाउँदै छाैं : अध्यक्ष यादव
३०जेठ काठमाडौं। मधेश प्रदेशको मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर १ मा अहिले विकासका काम तीव्र गतिमा भइरहेको छ । विकासले वडाको मुहार फेरिएको छ ।
पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको जानकारी दिनुभयो ।
वडा अध्यक्ष लक्ष्मेश्वर यादवले वडावासीको विकास र समृद्धिको लागि वडामा विभिन्न कार्यक्रम तथा योजना गाउँ परिषदबाट पारित भएर काम तिब्र गतिमा अघि बढिरहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, बाटो सडक र कृषिलगायतका क्षेत्र सबैलाई समेटेर काम गर्न बताउनुभयो। वडाका काम गर्दा थुप्रै चुनौतीका साथै अवसर पनि रहेको वडाध्यक्ष यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ अघिल्ला वर्षका बाँकी योजनाहरू सडक , विद्यालय, खोपकेन्द्र लगाएत थुप्रै विकासका योजनाहरू रहेको मेरो कार्यकालमा समापन गरेको साथैं नमुना वडा बनाउने लक्ष्य रहेको र सोहि अनुसार कार्यमा तिब्रता दिएको बताउनुभयो ।’
उहाँले शिक्षा,स्वास्थ र कृषिलाई विशेष ग्रहयता दिएर काम गरिरहेको र वडाको योजना उपभोक्ता समितिमार्फत काम भईरहेको समेत जानकारि दिनुभयो ।
उहाँले भन्नुभयो, ‘गाउँमा भएका साना-साना झगडाहरु पनि हामिले वडामै मिलाउने गरेको छौ ।’ कृषि बिमा र सामाजिक सुरक्षा भत्ता घर(घरमै गएर वितरण गर्ने गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै विकासको काम अगाडि बढाउँदै लैजाने उहाँले बताउनुभयो ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण १ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।







