Share Icon

९ माघ, काठमाडाैं ।  गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष पुर्ण ब. गुरुङ स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

पछिल्लो समय वडा नम्बर २ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा स्वास्थ्य,शिक्षा,खानेपानि,कृषि,बाटो सडक तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट सम्झौता गरेको जानकारी दिनुभयो ।

स्थानिय तहको निर्वाचन भएर आए पश्चात खैरीडाडाँ पंग भन्ने नयाँ गोरेटो बाटोको काम सम्पन्न गरेको उहाँले बताउनुभयो ।

कृषि क्षेत्रको लागि कृषि सम्बन्धि सेमिनार सञ्चालन गर्ने तयारी गरेको र तरकारी खेतिको लागि बजेट छुटटाइएको छ ।

अध्यक्ष गुरुङ पहिले सामाजिक संस्थामा आबद्ध भएर काम गरेकाे हुनाले वडाकाे कतिपय कामहरू गर्न सहज भएकाे बताउनुुभयाे।

साथै सरसफाई तथा फोहोर मैला व्यवस्थापन समिति गठन गरेर बर्थिङको व्यवस्था गर्ने योजनामा रहेको  अध्यक्ष गुरुङले जानकारी दिनुभयाे ।

त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन । उक्त योजना तथा कार्यक्रमहरु सम्पन्न गर्नको लागि हामी वडामा अहोरात्र खटिरहेका छौ ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर २ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए् वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon