सुकुम्बासी बस्ति हुनु नै वडाकाे पिडा हाे : अध्यक्ष पाण्डे
२ फागुन, काठमाडाैं । नेपालको लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिका नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०७१ साल मंसिर १६ गतेको निर्णयानुसार देशभरी गठन भएका ६१ नगरपालिकाहरू मध्ये एक नगरपालिका हो ।
साविक बेलुवा, मोतिपुर र डेउढाकला सहित ३ गाविस समाहित गरि यो नगरपालिकाको निर्माण भएको यो नगरपालिका बर्दिया जिल्लाको सदरमुकाम गुलरियाबाट २५ कि.मी. उत्तर पूर्वमा अवस्थित छ र पूर्व पश्चिम राजमार्ग यस नगरपालिका बीच हुँदै गरुको छ ।
बर्दिया जिल्लामा पर्ने यो बाँसगढी नगरपालिकास्थित वडा नम्बर १ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बन्नुभएको छ अध्यक्ष जयराज पाण्डे ।
बाँसगढी नगरपालिका वडा नं.१ का जयराज पाण्डेले वडा अध्यक्ष पदमा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा बाँसगढी नगरपालिकामा वडा नं. १ को अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
यस अघिको २०७४ सालको कार्यकाल पनि जयराज पाण्डको विकास र जनले जयराज पाण्डेलाइ पुन २०७९ सालमा दोहोरएको छ । पहिलेका आधा, अधुरा रहेका विकासका निर्माका कार्यका साथै अहिले विकास निर्माणमा जनताका समास्याहरु समाधानका कार्य तिब्ब्र गतिमा अघि बढिरहेको छ ।
अहिले यो वडामा धेरै परिवर्तन आएको छ । विकास निर्माणको कार्यमा उहाँले जगाएको उत्साह कै कारण जनताले दोस्रो पटक पनि उहाँलाई अध्यक्षका रुपमा पत्याएका छन् ।
उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । उहाँले थप्दै भन्नुभयो, “आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु ।”
मेरो वडाको विशेषता भनेका कुनै दल गुट उपगुट नभनि सबै साथिहरुलाई समेटेर विकास निर्माणका कार्यसंग जोडेर अगाडि बढिरहेको छौं ।
बाँसगढी नगरपालिका वडा नं. १ को समस्या भनेको भूमिहीन सुकुम्बासीको बस्ति हाम्रो वडाको प्रमुख समस्या रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सुकुम्बासी बस्ति हुनु नै वडाकाे पिडा हाे । मेरो पहिलो कार्यकाल देखी नै समाधान गर्न लागीरहेको भूमिहीन सुकुम्बासीका समस्या हाम्राे बाजेले पनि याे समस्याबाट पार पाउनुभएन हामीले पाउने आसा बाेकेका छाैं । समग्र वडाबासीकाे भूमिहीन भएर बस्न परेकाे पिडा नेपालमै यस्ताे पिडा एक, दुई जनामा हाेला तर समग्र वडा नै यसबाट पिडित भएर हामी बसेका छाैं । हामीले पहिलो कार्यकालमा चालेका कदमहरु आयोग खारेज भएको कारणले रोकीएको तथा कोभिड लगाएत अन्य समस्याले हाम्रो काम भ्एकाे छैन । हामीले वडाबाट गर्ने पहल सबै गरेको र तयारी अवस्थामा रहेको आयोगले भूमिहीन सुकुम्बासीकाे हाम्राे समस्या कुन रुपमा हेर्ने हो वडाबाट हामीले गर्न केही नसकिने प्रक्रिया वडाबाट भने अगाडी बढाई सकेका छौं ।’
राज्यको पहुचबाट पछाडी परेको कुरा उल्लेख गर्दै बि.स. २०२४ सालदेखि बर्दिया राष्ट्रिय निकुञ्ज भन्दा पहिले नै बस्ति बसेका साथै भूमिहीन सुकुम्बासीका समस्या समाधान गर्न अहिलेको आयोगले हाम्रो वडाको समस्या समाधान गर्न सहजिकरण गर्ने सहज भुमीका खेली दिने आशा वडा अध्यक्ष पाण्डेले व्यक्त गर्नुभयो ।
हामी सबै वडाबासीको घर ,घरसंग जोडिएको हुनाले प्रत्यकका समस्या संग जोडिएको छौं वडाबासीको समस्या समाधान गर्न हामी सदैव तत्पर रहने प्रयास गरिरहेको कतिपय ठाउँमा काम गर्न इच्छा चाहाना हुदाँ, हुदाँ पनि हामीलाई नियम कानुन, बजेटमा रहेर काम गर्नपर्ने अवस्था आउने उल्लेख गर्नुभयो।
उहाँले थप्दै भन्नुभयो, “राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ । जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो।
पछिल्लो समय बाँसगढी नगरपालिका वडा वडा न १ ले विकासको फड्को मारिहेको छ । उहाँले जनताको समस्या, र वडा विकासको लागी सधैँ तत्पर रहेको वडा अध्यक्ष पाण्डेले बताउनुभएको छ।
वडा अध्यक्ष पाण्डेले भन्नुभयो, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुको समस्याहरु समाधानका साथ आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेको छु ।”
वडा अध्यक्ष पाण्डेले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”
उहाँले भन्नुभयो, “हामीले वडामा प्राथमिकता शिक्षा, स्वस्थ्य र सडकलाई दिदैँ वडा नम्बर १ मा यो वर्ष पनि वडावासीहरुको आवश्यकतालाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।” शिक्षामा बिशेष जोड दिएका त्यसैले गर्दा पनि अहिले विद्यार्थिको शिक्षामा महो बढिरहेको कुरा उल्लेख गर्नभयो । हामीले सम्रग वडाको विकास निर्माणमामा लागी परेका छौं ।
वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो रु भनेर सोधेको प्रश्नमा उहाँको उत्तर
मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा मलाई आफ्नो अमूल्य भोट दिएर मलाई जिताउनु हुने सम्पूर्ण १ नम्बर वडाबासीहरूलाई धन्यवाद दिन चाहन्छु । जसरी मलाई विश्वास गरेर वडा अध्यक्षमा जिताउनु भएको छ । त्यसरी नै जनताको विश्वासलाई म टुट्न दिनेछैन । जनताको हितका लागि र वडाको विकासका लागि म सदैव तयार हुनेछु ।







