Share Icon

१२ बैशाख ,काठमाडाैं । संखुवासभाको सभापोखरी गाउँपालिका  वडा नम्बर २ का वडा अध्यक्ष राज कुमार राई  स्थानीय बासीहरु संगै श्रमदान गर्न जुटनुभएकाे छ ।

गाउँपालिका वडा नम्बर २ स्थित माथिल्लो धुपु सुङनिमा टोल विकास सस्थाका टोल बासीहरुसँग मिलेर श्रमदान गरेको वडा अध्यक्ष राईले जानकारी दिनुभयाे ।

माथिल्लो धुपु वडा कार्यालय हुँदै ज्यामिरे बितलव जाने सडक खण्डमा श्रमदान गरिएको उहाँले बतानुभयाे । गोठगाउ हुदै हरेलो जाने मुख्य सडक मर्मत गरिएको हो।

चालिस रएकचालीस घरको टोल संस्थाको ९० प्रतिशत उपस्थितिमा सबै स्थानियहरु मिलेर सडकमा श्रमदान गरिएको उहाँले बतानुभयाे । सहभागीहरुले बर डाँडा देखि वडा कार्यलय जाने मोटर बाटोमा श्रमदानमा सहभागी भएकोमा वडा अध्यक्ष राईले धन्यबाद दिनुभएकाे छ।

माथिल्लो धुपु सुङनिमा टोल विकास सस्थांका अध्यक्ष जितेन्द राईले भन्नुभयाे ,  धुपु सुङनिमा टोल विकास सस्थाकाे १०० प्रतिशत उपस्थितिमा आगामी दिनमा श्रमदान गर्न जुटने छाै । ‘

वडा अध्यक्ष राईले धुपु सुङनिमा टोल विकास सस्थांका अध्यक्ष जितेन्द राईले लगायतलाई बिशेष धन्यबाद दिनुभएकाे छ ।

वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहएको उहाँको भनाइ छ । उनका अनुसार अघिल्लो कार्यकालमा रहेका अधुरा कामहरु पुरा गर्दै, पछिल्लो समय वडा नम्बर २ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको बतानुभयाे।

 

Facebook Comments Box

Share Icon