Share Icon

१२ माघ, काठमाडाैं । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर २ को कार्यालय कुमरागाँउले बाल विवाह न्युनीकरणकाे लागि नयाँ नियम लागू गरेकाे छ ।

वडा कार्यालयले अनिर्वाय रुपमा सिफारिस लिएर मात्र समुदायमा वैवाहिक क्रियाकलाप अगाडि बढाउन सूचना जारी गर्दै अनुरोध गरेको छ।

वडा कार्यालयले सुचना प्रकाशन गरि वडाका कार्यक्षेत्र भित्र पर्ने गाँउटोल बासीहरुलाई सिफारीस लिएर मात्र  वैवाहिक क्रियाकलाप अगाडि बढाउन अनुरोध गरेको हो।

बाल विवाह न्युनीकरण गर्ने उदेश्यले विवाहको समय आउँदै गर्दा सरकारी निकायबाट नै नियमन र नियन्त्रण गर्नका लागि यो सुचना प्रकाशन गरेको वडा नम्बर २ का वडा अध्यक्ष रामफेरन थारुले बताउनु भयाे ।

वडा समितिको गत महिनाको पौष ३ गते बसेको बैठकले बैवाहिक कार्यक्रम गर्दा अनिर्वाय वडामा सिफारिस लिनु पर्ने, विवाहिक कार्यमा जाँडरक्सी प्रतिबन्ध लगाउने निर्णय गरेको वडा अध्यक्ष थारुले जानकारी दिनुभयाे ।

नेपाल सरकारले नै २० वर्षपछि मात्र विवाह गर्ने पाउने कानुनी मापदण्ड भनाएकोले यसको कार्यान्वयनको लागि वडा स्तरबाट प्रक्रिया अगाडि बढाएको वडा कार्यालयले जनाएकाे छ ।

अहिले पनि समुदायमा वालविवाह भइरहेको र त्यो कानुनी प्रक्रियासम्म पुग्न नसकिरहेको अवस्थामा वडामा सिफारिस अनिर्वाय लिने भएपछि न्युनिकरण हुने अपेक्षा लिएको वडा अध्यक्ष थारूले बताउनुभयाे ।

Facebook Comments Box

Share Icon