वडाको समग्र विकासको लागि हामी लागिरहेका छौंः अध्यक्ष कार्की

Share Icon

♦ध्रुब कार्की

२६ फागुन, काठमाडाैँ । नेपालको बागमती प्रदेश रामेछाप जिल्लामा अवस्थित खाँडादेवी गाँउपालिका वि.सं. २०७३ सालमा संघीय मामिला र स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरेपछि जिल्लामा साविकका राकाथुम, मझुवा, भीरपानी, पकरबास, माकादुम, गागल–भदौरे , पिङखुरी गाउँ विकास समिति मिलाएर गाउँपालिका बनाएको हो ।

यस गाउँपालिकाको कुल क्षेत्रफल १५०.७ वर्गकिलोमिटर र ३१,३८३ जनसङ्ख्या भएको यस गाउँपालिकालाई ९ वडाहरुमा विभाजन गरिएको छ ।

खाँडादेवी गाँउपालिका स्थित ६ नम्बर वडामा गत वैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर वडा अध्यक्ष पदमा नारायण कार्की निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

खाँडादेवी गाँउपालिका वडा नम्बर ६ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष नारायण कार्की ।

उहाँले स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडामा सडक, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी लगाएत अन्य कार्यक्रम तथा वडाबासीहरुको समस्याको समाधानका साथै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

अध्यक्ष कार्कीले वडाको कार्यभार समाल्दै वडालाई नमुनाकै रुपमा स्थापित गर्न वडामा अहोरात्र खटिरहनु भएको छ ।

वडा कार्यालयबाट प्रदान हुने दैनिकी सेवा सुविधाहरु, पञ्जीकरणका कार्यहरूका साथै वडामा अहिले विकास योजनाका कामहरु तीव्र गतीमा भइरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले पछिल्लो समय वडा नम्बर ६ का वडावासीलाई लक्षित गरी वडामा बाटोघाटो, जनचेतना, स्वास्थ्य, शिक्षा, कृषि तथा खानेपानीका योजना तथा विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याएका छौँ ।”

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर वडामा रहेका साना तिना योजनाहरुलाई सम्पन्न गर्नको लागि अहोरात्र खटिरहेको अध्यक्ष कार्कीको भनाई छ ।

वडामा समग्र क्षेत्रहरुलाई समेटेर विकास योजनाका काम तीव्र रुपमा भइरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडाबासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै हामीले वडाको प्रत्येक टोल टोलमा मेडिकल क्याबीनेट सँगै विभिन्न औषधीहरु राखेर स्वयंम सेविका मार्फत सेवा प्रदान गर्दै हार्ड जोर्नी सम्बन्धी शिवीरहरु सञ्चालन गर्ने काम सम्पन्न गरेका छौँ, साथै स्वास्थ्य क्षेत्रहरुबाट सेवाग्राहीहरुलाई प्रदान हुने सेवा सुविधाहरु अझ गुणस्तर बनाएर प्रदान गर्ने योजना बनाएका छौँ ।”

त्यसैगरी शिक्षामा निरन्तर गुणस्तर शिक्षा दिन विद्यालयहरुमा मन्टेश्वरी कक्षाहरु सञ्चालन गर्ने योजना बनाए सँगै विद्यालयहरुलाई समेटेर पालिका लगाएत सरोकारवाला सँग बसेर शिक्षालाई गुणस्तर बनाउन लागी परीरहेको उहाँले बताउनुभयो ।

उहाँले वडामा खानेपानीको समस्या रहेकोले खानेपानीमा आवश्यकताअनुसारको बजेट विनीयोजन गरेसँगै वडामा रहेका पुराना पानिका मुहानहरु मर्मत तथा संरक्षण गर्ने काम सम्पन्न गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवा तथा महिलाहरुलाई लक्षित गर्दै उहाँहरुलाई व्यवसायमुलक तथा आत्मनिर्भर बनाउन बासँ सम्बन्धी घरेलु उत्पादनहरुमा जोड दिदैँ तालिमहरु प्रदान गर्ने काम सम्पन्न भएसँगै सिलाई बुनाईको तालिम प्रदान गर्ने कार्यक्रम भइरहेको छ ।”

त्यसैगरी वडामा रहेका सांस्कृतिक तथा धार्मिक कलाहरु जोगाउन समितीहरु बनाएर अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीले भन्नुभयो, “वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका छौ । विगतभन्दा अहिले यो वडामा धेरै परिवर्तन आएको छ । वडा नम्वर ६ का बासिन्दाले मलाई गरेको विश्वास र भरोसा म सदैव मेरो कार्यकालमा अझै धरै सुधार र परिर्वतन ल्याउने मेरो इच्छा रहेको छ । म निर्वाचित भइसकेपछि जनताले गरेको अपेक्षा भनेको वडाको विकास उन्नति नै हो यसमा म लागी परेको छु ।”

उहाँले भन्नुभयो, “म वडामा पहिलो निर्वाचित भएता पनि सबैलाई एकसाथ समेटेर वडाबासीहरुको साथ, सल्लाहअनुसार अगाढी बढीरहेको छु ।”

उहाँ निर्वाचीत हुनु भन्दा अघि व्यवसाय पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

६ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी बढाउने वडाको विकास गर्दै लगिने वडा नम्बर ६ का अध्यक्ष कार्कीले बताउनुभयो ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

वडा नम्बर ६ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ६ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो । म सदैव जनताको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.