वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छौं : अध्यक्ष थारु

Share Icon

२४ पाैष, काठमाडाैं । बाँके जिल्लाको राप्ति सोनारी गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन ।

जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष मिन कुमार चौधरीले बताउनुभयो ।

वडा अध्यक्ष चौधरीले वडा खबर सगं कुरा गर्दै भन्नुभयो, स्थानिय तहको निर्वाचन भएर आएपछि वडामा वडा कार्यालयको भवन नभएको र उक्त भवनको निमार्ण कार्य भईरहेको छ ।

त्यस्तै वडामा कृषि क्षेत्रको लागि कृषकलाई सजिलै खेतीपाति गर्नको लागि सिचाईको लागि कुलोको निमार्ण गर्ने तथा नयाँ विउबिजन,तरकारीहरु विउ वितरण गरेको वडा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै वडामा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिदै वडाको पहलबाट विद्यालयमा निशुल्क कम्प्युटर तालिम प्रदान गर्ने उहाँले बताउनुभयो ।

त्यसै गरी उहाँले भन्नुभयो, ‘वडामा योजना तथा कार्यक्रमहरु धेरै रहेका छन । त्यस्तै वडामा बाटोको खण्डमा रीङरोड योजनामा परेको छ ।’

उहाँ पहिले एक सहकारीको अध्यक्षको पदमा रहेर काम गर्नुभएको हो। त्यस्तै उहाँले भन्नुभयो, ‘बाकी रहेका योजनाहरु सम्पन्न गर्नको लागि हामी तिब्ब्र गतिमा लागि परिरहेका छौ ।’

वडा अध्यक्ष चौधरीले भन्नुभयो,स्रोत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर काम अगाडि बढाई रहेको छौं।’

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो। जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो ।

जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.