Share Icon

३ माघ, काठमाडाैं। कैलाली जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षितगर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् ।

स्थानियतहको निर्वाचितभएर आएपछि वडामा स्वास्थ्य,शिक्षा, कृषि,खानेपानी तथा भौतिक पुर्वाधार विकास निमार्ण योजना तथा कार्यक्रमहरु ल्याएका छौ ।

वडा नम्बर ३ का अध्यक्ष  मनिराज जोशी भन्नुभयाे, ‘ वडामा हरेका पुर्वकार्यकालका आधा अधुरा कामहरु सम्पन्न गर्दै नयाँ कामहरु सुचारु गर्दै सडक ग्राभेल गर्ने कामहरु भईरहेको छन् । त्यस्तै खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागिलाईन जडान गर्ने काम धमाधम भईरहेको छ ।’

उहाँले थप्दै भन्नुभयाे, ‘शिक्षा क्षेत्रमा विद्यालयको भवनको निमार्ण गर्ने योजनामा हरेको छ । कृषि क्षेत्रको लागि वडामा तरकारी खेति र च्याउँ खेतिको गर्ने कृषकहरु तालिम राखेको छौ । महिलाहरुको लागि सिपमुलक तालिमहरु सञ्चालन गर्ने तयारीमा रहेका छौ।’

अध्यक्ष जोशीले भन्नुभयो, ‘स्रोत र साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छौ । वडामा धेरै योजनातथाकार्यक्रमहरु रहेका छन् ,उक्त योजनाहरु सम्पन्नगर्नको लागि हामी अहोरात्र खटिरहेका छौ ।’

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमाजिताउनुभयो । जनताको मतबाट निर्वाचितहुदाँनिकै खुशिलाग्यो ।
जुनविश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराशहुनदिनेछैन । जनताको चाहानाअनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्यभोट दिए््र वडा अध्यक्षमाजिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाददिन चाहान्छु । जसरी जनताले म प्रतिविश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon