Share Icon

३ माघ काठमाडाैँ । ठाकुरबाबा नगरपालिका लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाका मा पर्दछ । यो गाउँपालिकामा साविकका शिवपुर र ठाकुरद्वारा गा.वि.स.गरी २ ओटा गा.वि.स.समाबेश गरी ९ ओटा वडा कायम गरिएको छ ।

यस नगरपालिकाको जनसङ्ख्या ५७,२०५ रहेको छ भने कुल घरधुरीको सङ्ख्या १०,४५४ रहेको छ ।

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ मा राधा चौधरी गत स्थानीय तहको निर्वाचनमा भारी मत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

निर्वाचनमा वडाबासीले आफुलाई आशा र विश्वासका साथ मतदान गरेर पुनः अध्यक्ष पदमा निर्वाचित गराएको उहाँले बताउनुभएको छ ।

अघिल्लो पाँच वर्षमा वडाबासीको माग र आवश्यक्तालाई मध्यनजर गरेर काम गरेकोले आफु फेरी निर्वाचित भएको उहाँको भनाई छ ।

अघिल्लो कार्यकालका अधुरा रहेका योजनाका कामहरु भइरहेको उहाँले बताउनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “अघिल्लो कार्यकालमा हामीले उपभोक्ता समिती मार्फत योजनाका कामहरु गरेका थियौ तर यो वर्ष भने टोल विकास संस्थालाई वडा कार्यलयमा दर्ता गरेर भौतिक निर्माणका ठुला योजनाका कामहरु अगाढी बढाउने छौँ ।”

वडामा शिक्षा, कृषि र पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिदै योजनाका कामहरु अगाडि बढाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका लक्षीत वर्गलाई समेटेर कार्यक्रम गरिराखेका छौँ भने नगर स्तरीय राष्ट्रपती रनिङ शिल्ड प्रतीयोगीता सम्पन्न गरिसकेका छौँ ।”

त्यसैगरी शिक्षा क्षेत्रमा विद्यालयका भौतीक सरंचनाका योजनाहरु भने विद्यालयका व्यवस्थापन समितीले नगरपालिका सँगै सम्झौता गरेर निर्माण तथा मर्मत गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वडा कार्यलयको भवन निर्माण अवस्थामा रहेकाले हाल वडाबाट दिने दैनिकी सेवा सुवीधाहरु पर्यटनको बजेटबाट निर्माण भएको सुचना केन्द्रको भवनबाट दिइराखेको र बैशाख देखी आफनै नयाँ भवनबाट दैनिकी सेवा सुवीधाहरु प्रदान गर्ने योजना बनाएका छौँ ।”

आफ्नो वडामा थारु समुदाय धेरै रहेकाले थारु नमुना गाउँ बनाउने योजना रहेको र बर्दिया राष्ट्रिय निकुञ्ज जोडने सडकमा चोक निर्माण सहीत थारुको मुर्ती बनाउने साथै नजिकै होमस्टे निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अगाढी सघं संस्थामा आबद्ध रहेकोले वडामा काम गर्न सहज भएको बताउनुभएको छ ।

उहाँले वडामा रहेका सबै जनतालाई एकसाथ समेटेर अघि बढ्ने जानकारी दिनुभएको छ ।

अध्यक्ष चौधरी भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र आफ्नो वडालाई सडक, बिजुली लगाएत चौर्तफी विकासमा ध्यान केन्द्रित गर्दै वडाबासीहरुलाई कृषीमा आत्म निर्भर बनाउने र जनताका समस्याहरु समाधानका साथ आफनो वडालाई नमुना वडा बनाउने लक्ष्य राखेकाे छु ।”

वडा अध्यक्षमा निर्वाचित हुँदा कस्तो अनुभूति भयो ?

मलाई वडाबासीहरूले विश्वास गरेर वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुँदा निकै खुशी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ, त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

 

Facebook Comments Box

Share Icon