मान्डवी गाउँपालिका वडा नम्बर ३ मा लाेकप्रिय बन्दै ‘जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि’ कार्यक्रम
काठमाडाैं । प्युठानकाे मान्डवी गाउँपालिका वडा नम्बर ३ मा ‘जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि’ कार्यक्रम लाेकप्रिय बन्दै गएकाे छ ।
साताकाे हरेक शनिबार जनताकाे घरदैलाेमा पुगेर वडा अध्यक्ष धनेन्द्र कार्की वडावासीकाे गुनासाे सुन्नेदेखि लिएर समस्या समाधान गर्नेतर्फ अग्रसर देखिनुभएकाे छ ।
आज शनिबार वडा नम्बर ३ मा पर्ने नयागाउं पखरचौरमा वडा अध्यक्ष कार्की पुग्नु भएकाे छ । उहाँले ‘जनताकाे चुलाे चाैकामा जनप्रतिनिधि’ कार्यक्रम अहिले वडामा लाेकप्रिय बनेकाे बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘याे कार्यक्रममार्फत जनताकाे घरदैलाेमा पुगेर उहाँहरुकाे गुनासाे सुन्ने र भएका समस्यालाई निराकरण गर्ने तर्फ कदम चालिरहेकाे छु।’
Facebook Comments Box