Share Icon

योगेन्द्र योगी ।   

११ बैशाख, काठमाडाैं । अन्तर आत्मालाई साक्षी राखेर जनताको सेवा गर्न कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सम्पुर्ण प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आइतबार पद बहाली ग्रहण पश्चात भिडियो कन्फ्रेन्स मार्फत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिदै नायव महानिरीक्षक बास्तोलाले उक्त कुरा बताएका हुन् ।

निर्देशनको क्रममा उनले तत्कालको कुनै पनि स्थितिलाई नियन्त्रणमा लिन र समय समयमा भएका आदेश निर्देशनलाई पालना गर्न उपयुक्त कार्य योजना बनाएर लागु गर्न मातहत प्रमुखहरुलाई निर्देशन दिनुका साथै उप प्रधान तथा गृहमन्त्री, गृहसचिव तथा संगठन प्रमुखज्यूबाट भएका निर्देशन, प्रतिवद्धतालाई अक्षरसः पालना गर्ने, शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्रामिकताका साथ उनिहरुको मर्का र समस्यालाई सहजीकरण गर्दै सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्न निर्देशन दिएका छन् ।

कुनै पनि आपराधिक क्रियाकलापमा प्रहरी कर्मचारीहरू संलग्न भएको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने उनले बताए ।

त्यसैगरी खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, भन्सार चोरी तस्करी, राजश्व चुहावटका घटनाहरुलाई नियन्त्रण गर्न सुन्य सहनशीलता अपनाउने, सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाई भारतिय काउण्टर पार्टससंग समेत समन्वय गरी सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन निर्दैशन दिएका थिए ।

निर्देशनकै क्रममा उनले प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई परिणाममुखी रुपमा संचालन गरी आम नागरिकमा जनचेतनाको कमिबाट हुने घटनाहरुलाई न्युनिकरण गर्न र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने गरी काम निर्देशन दिएको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

Facebook Comments Box

Share Icon