Share Icon

हस्ता विष्ट
४ जेठ, काठमाडाैँ । पुतलीबजार नगरपालिका स्याङ्जा जिल्लाको सदरमुकाम स्याङ्जा बजारमा अवस्थित नगरपालिका हो । २०५३ सालमा, साविकका स्याङ्जा पुतलीबजार, करेन्डाँडा, सतुपसल, गणेशपुर र चण्डीकालिका गरि पाँच वटा गाउँ विकास समितिहरु मिलेर यस नगरपालिकाको स्थापना भएको हो ।

नेपाल सरकारको मिति २०७३ फाल्गुण २९ गतेको निर्णय बमोजिम राज्यको पुन संरचनमा यस पुतलीबजार नगरपालिकामा साविकका टक्सार, पौवैगौडे, ठुलाडिही, बहकोट, कोल्मा, राङ्भाङ् १, ३ र ९  पेल्काचौर १,२,४ र ८ गाभिन आई कुल १४ वडाको नयाँ पुतलीबजार नगरपालिकाको संरचना बनेको छ ।

गण्डकी प्रदेश स्याङजा जिल्लामा अवस्थित पुतलीबजार नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अर्जुन कुमार कार्कीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पुतलीबजार नगरपालिका वडा नं. ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष अर्जुन कुमार कार्की ।

पछिल्लो समय वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ । वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष कार्की अहोरात्र खटिरहनुभएको छ ।

पुतलीबजार नगरपालिका वडा नं. ५ मा जम्मा बजेट पालिकाबाट ३२ लाख ९२ हजार, हिउँदे नगरसभाको लागि १२ लाख, प्रदेशबाट १ करोड ५० लाख र संघबाट २ करोड वजेट विनियोजन गरिएको वडा सचिव राजेश पुरीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष कार्की भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”

वडा अध्यक्ष कार्की निर्वाचित हुनभन्दा पहिले निमार्ण व्यवसायमा आबद्ध प्राप्त भएर आएपछि पार्टीको सभापतिमा रहेर निरन्तर समाज सेवामा गरे संसगै अहिले वडाबासीहरुको विकास र समृद्धिको लागि निरन्तर लागि पर्नुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयोे ।

वडा अध्यक्ष कार्कीले भन्नुभयो, वडामा बाटो, शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुका साथसाथै बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै ग्राभेल गर्ने, ढलान गर्ने र बाटोको ट्रयाक खोल्ने कामहरु भईरहेको छ ।

त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा भौतिक संरचना निमार्ण गर्ने र आधुनिक शिक्षण प्रणालीहरु लागु गर्ने योजनामा रहेको उहाँले बताउनुभयो ।

त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा स्वास्थ्य सिविर सञ्चालन गरेर विभिन्न रोगहरुको स्वास्थ्य परिक्षण गरेको वडा कार्कीले जानकारी दिनुभयो ।

उहाँले थप्दै भन्नुभयो, कृषिको क्षेत्रमा कृषि प्रर्वधन गर्दै विभिन्न सिजन अनुसारको विउँ विजन वितरण गरेको, रासायनिक मलहरु वितरण गरेको र तरकारी खेतिको लागि टनेलहरु वितरण गरेका छौ ।

उहाँले भन्नुभयो, खानेपानीको क्षेत्रमा घरघरमा खानेपानीको धारा पुराउनको लागि बृहत रुपमा कामहरु अगाडि बढाईरहेको र धाराहरुको मर्मत सम्भार गर्ने कामहरु अगाडि बढाइरहेक छौ ।

त्यसै गरी महिला हरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको र एकल महिला तथा गरिबहरुको लागि आयआर्जन गर्नको लागि बाख्राहरु वितरण गरेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
त्यस्तै युवाहरुलाई लक्षित गर्दै वडास्तरीय खेलकुदको लागि सामाग्रीहरुको व्यवस्था गरेको उहाँको भनाई छ ।
वडा अध्यक्ष अर्जुन कुमार कार्कीले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon