समग्र वडालाई समेट्दै कामहरु गरिरहेका छौं : अध्यक्ष सुर्यवंशी
♣ हस्ता विष्ट
८ चैत्र, काठमाडौँ । नवलपरासी बर्दघाट सुस्ता पूर्वमा रहेको बुलिङटार गाउँपालिकाको क्षेत्रफलः १४७.६८ वर्ग किलोमिटर रहेको छ । २०७८ को प्रारम्भिक प्रतिवेदन अनुसार, कुल जनसंख्याः १४५९६ ९ महिलाः ७५८९स पुरुषः ७००७०स र घर संख्याः ३३०५ स परिवार संख्याः ३५६९ रहेका छन् । साबिकका ६ वटा गाविस मिली बनेको गाउँपालिका कोटथर, डाँडाझेरी, बुलिङटार, अर्खला, जौबारी ९४९९ वडाहरु०, भारतीपुर गा.वि.स. जिल्ला सदरमुकाम देखि पालिका केन्द्र सम्मको दुरीः ४६ किलोमिटर रहेको छ ।
भौगोलि अवस्थितिः २७.७५०४७८ देखि २७.८४८७४६ उत्तरी अक्षांश र ८४.०९६१११ देखि ८४.३०१८२ पूर्वी देशान्तरसम्म फैलिएको छ । सिमानाः पूर्वमा गैडाकोट नगरपालिका, पश्चिममा बौदिकाली गाउँपालिका, उत्तरमा रिसिङ गाउँपालिका र दक्षिणमा देवचुली नगरपालिका रहेको छ । प्रमुख पर्यटकीय गन्तव्यः घुमारीघाट, झेरिखण्डे दरबार, देबचुलि डाँडा, बरचुलि डाँडा, झाक्री गुफा, गडगडी, रामेश्वरघाट, जलदेवी थान यहाका प्रमुख पर्यटकीय स्थानहरू रहेका छन् ।
मगर, कुमाल, दराइ, नेवार, ब्राह्मण, क्षेत्री, बोटे आदी जातजातीहरू बसोबास गर्छन्। परम्परागत लोक नृत्यहरुः मगर समुदायको कौडा, चुट्का, सोरठी आदी रहेका छन् । यस गाउँपालिकाले नेपालको कुल भुभागको 0.0७८८ प्रतिशत र नवलपरासी ९ ब.सु.पू . को १४.१५ प्रतिशत भूभाग ओगटेको छ।
नवलपरासी पुर्व जिल्लामा अवस्थित बलिङटार गाउँपालिका वडा नं. १ का वडा दिल बहादुर सुर्यवंशीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । समग्र वडालाई समेटदै कामहरु गरिरहेका छौं अध्यक्ष सुर्यवंशी ।
बलिङटार गाउँपालिका वडा नं. १ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिल बहादुर सुर्यवंशीे ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष सुर्यवंशीे अहोरात्र खटिरहनुभएको छ ।
बलिङटार गाउँपालिका वडा नं. १ मा जम्मा बजेट वडाको १ करोड र प्रदेशबाट ५ करोड ९० लाख बजेट विनियोजन गएिको वडा अध्यक्ष दिल बहादुर सुर्यवंशीले जानकारी दिनुभयो ।
वडा अध्यक्ष राजवंशी भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, लगभग योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष सुर्यवंशीले बताउनुभयोे ।
वडा अध्यक्ष सुर्यवंशीले भन्नुभयो, ” वडामा शिक्षा,स्वास्थ्य,बाटो र भौतिक पुर्वाधार विकासहरुलाई पहिलो प्राथमिकता दिए साथसाथै शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयहरुको भौतिक संरचना निमार्ण गर्ने, बालमैत्रि र आई.टि.पढाउनको लागि भवनहरुको निमार्ण गर्ने योजनामा रहेको छ । ”
त्यसै गरी बाटोको क्षेत्रमा स्तरउन्नति गर्दै बाटोहरु ग्राभेल गर्ने कामहरु भईरहेको छ ।
उहाँले भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्रीहरु व्यवस्थापन गर्नको लागि वडाबाट बजेट विनियोजन गरिएको छ ।”
त्यसै गरी कृषिको क्षेत्रमा कृषिलाई व्यवसायमय बनाउनको लागि कृषि सम्बन्धि तालिमहरुको व्यवस्था गर्ने, विभिन्न तरकारीहरुको विउँ विजन र फलफुलको विरुवाहरु वितरण गर्ने कामहरु गरिरहेको वडा अध्यक्ष सुर्यवंशीले बताउनुभयो ।
वडा अध्यक्ष दिल बहादुर सुर्यवंशीले भन्नुभयो, ” वडामा महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको र महिला सशक्तिकरणका तालिम र नेतृत्व विकास तालिमहरुको व्यवस्था गरेका छौ । ”
त्यसै गरी युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि सामाग्रीहरुको व्यवस्था गरेको वडा अध्यक्ष सुर्यवंशीले बताउनुभयो ।
खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा खानेपानीको धारा पुराउने अभियानका साथ पाईप विच्छाउने काम भईरहेको र पानीको मुहान नभएको ठाउँमा लिफ्टिङबाट पुराउनको लागि विशेष जोड दिएको वडा अध्यक्ष सुर्यवंशीले प्रष्ट पार्नुभयो ।
त्यसै गरी विद्युतको क्षेत्रमा यस वडामा सौर्य सोलारबाट विद्युत बालिरहेको र राष्ट्रियस्तरको प्रसारणको लागि संघबाट सर्भे गरेर गईसकेको वडा अध्यक्ष सुर्यवंशीले जानकारी दिनुभयो ।
दिल बहादुर सुर्यवंशीले वडा अध्यक्षले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ, वडा नम्बर १ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







