‘सुगम जिल्लाका दुर्गम बासिन्दा’

Share Icon

२६ मंसिर, काठमाडाैं ।  मधेस प्रदेश सप्तरी जिल्लामा अवस्थित सुरुङ्गा नगरपालिका जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ । याे नगरपालिका हाल ११ वटा वडाहरुमा फैलिएकाे छ ।

सबै वडाको विकास निर्माणका कार्य र समस्याहरु पनि आ-आफ्नै छन् । यस मध्येको २ नम्बर वडाले विकासको फड्काे मारिरहेकाे छ । यसकाे जस वडाअध्यक्ष अर्जुन राज खपाँगीलाई जान्छ । उहाँ सदैब विकास निर्माणका कार्यलाई गति दिन निरन्तर अघि बढी राख्नु भएकाे छ ।

वडा बासीले रोजेर पठाई सकेपछि जनताको मतकाे कदर गर्ने सदैव वडाको विकासमा लाग्ने उहाँकाे प्रतिबद्धता  छ।

उहाँले वडाकाे कार्यभार समालेदेखि निरन्तर विकासका काममा लागि परेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘ म आएकाे ६ महिना भयाे,  याे बीचमा हामीले वडामा रहेकाे स्वास्थ्य चौकीमा बालबालिका, अपाङ्ग,वृद्धावृद्धिहरुका शारिरिक चेक जाच निशुल्क गर्ने योजना बनाएको छाैं।’

उहाँले वडामा रहेका बालबालिकाहरूकाे लागि नि:शुल्क कक्षाहरू सञ्चालन गरिने बताउनुभयाे ।

उहाँले वडामा भविष्यमा वैदेशिक रोजगारीमा कोही नजाउन भनेर हामीले बिशेष योजना समेत बनाएकाे बताउनुभयाे।  उहाँले भन्नुभयाे,’सप्तरीलाई सुगम जिल्ला भनेर घोषणा धेरै पहिले भएता पनि हामी यस्तो ठाउँको बासिन्दा हौं।’

उहाँले सुगम ठाउँको दुर्गम बासिन्दा भएको बताउनुभयो । वडाध्यक्ष खपाँगीले भन्नुभयाे, ‘दुर्गम महसुस गरेका थियाैँ, तर हाल अहिले २/४ वर्षयता हामीले सुगम जिल्लाकै वडावासीलाई महसुस गराइरहेका छौँ।

कृर्षिमा समेत बिशेष जोड दिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयाे, ‘ किसानहरूलाई कृर्षि उपकरण उपलब्ध गराएकाे छु।’ उहाँले वडाकाे विकास गर्न अहाेरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

सडक, खानेपानी, धार्मिक तथा सास्कृतिक क्षेत्रको विकासमा पनि धेरै काम गर्ने याेजना रहेकाे जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ।’

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.