गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप २९ गते हुदैँ
मंसिर, काठमाडाैं। ‘खेलकुद खेलौं स्वास्थ बनौं’ भन्ने नाराका साथ टीकापुर ५ नं वडा कार्यालयको आयोजनामा खेलकुद प्रतियोगिता संचालन हुने भएको छ ।
खेलकुद यही मंसिर २९ गते विहिबार हुने जनाइएको छ । ‘खेलकुद खेलौं स्वास्थ बनौं’ भन्ने नाराका साथ संचालन हुन गईरहेको गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप पुरुष तर्फ फुटबल ,भलिबल र महिला तर्फ बेलुन फुटाउने ,छुर खेल हुने वडाअध्यक्ष बलविर थारुले बताउनुभयाे ।
यस वडाका युवाहरूमा खेलप्रितकाे लगाव र झुकाव अत्याधिक रहेकाे छ । खेलका माध्यमबाट आफ्नाे भबिश्य खाेज्ने युवाहरूका लागि गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप खेलबाट प्रेरणा मिलास र खेलमा पनि निरन्तरता दिईरहुन भन्ने उदेश्यले खेलकुद संचालन गरेकाे अध्यक्ष थारुले बताउनुभयाे
खेलाडीहरूकाे मनाेबल उच्च पार्न सबै वडाबासिकाे सक्रिय सहभागीता रहेने बिश्वास व्यक्त गर्नुभयाे ।







