Share Icon

♠ हस्ता विष्ट
२१ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश लमजुङ जिल्लामा अवस्थित राईनास नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

राईनास नगरपालिका वडा नं. ८ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष कृष्ण बहादुर रानाभाट ।

वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष रानाभाट अहोरात्र खटिरहनुभएको छ ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

राईनास नगरपालिका वडा नम्बर ८ मा पालिकाबाट ५७ लाख ५० हजार, संघिय बजेटबाट ५१ लाख र प्रदेश सरकार बाट २५ लाख जम्मा बजेट विनियोजन गरिएको वडा सचिव लक्ष्मी बस्यालले जानकारी दिनुभयो ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष रानाभाट भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । ”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष रानाभाटले बताउनुभयोे ।

वडा अध्यक्ष रानाभाटले भन्नुभयो,  ” वडामा सडकको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, कुनै बाटो ढलान गर्ने योजनामा रहेको छ । ”

त्यसै गरी शिक्षाको क्षेत्रमा वडामा रहेको सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर ल्याउनको लागि विभिन्न कार्यक्रमहरु राखेको र सि.टि.भि.टि. मा पढ्ने गरिब, विपन्न , जेहेन्दार र महिलाहरुको लागि छात्रवृत्रिको लागि वडाबाट बजेट विनियोजन गरेको वडा अध्यक्ष रानाभाटको भनाई छ ।

खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउनको लागि वडाबाट बृहत रुपमा कामहरु तीव्र गतिमा कामहरु अगाडि बढाई रहेको उहाँले बताउनुभयो ।

कृषिको क्षेत्रमा कृषि उत्पादन बढाउनको लागि सिचाई गर्न कुलोको निमार्ण गर्ने कामहरु भईरहेको उहाँले जानकारी दिनुभयो ।
धार्मिक तथा सांस्कृतिक क्षेत्रमा प्रर्वधन गर्नको लागि वडामा रहेका मठमन्दिरहरुको रङरोगन गर्ने , मर्मत सम्भार गर्ने योजनामा रहेको उहाँको भनाई छ ।

महिलाहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको उहाँले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,  ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ , वडा नम्बर ८ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्यभोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon