Share Icon

१६ माघ , काठमाडाैँ । गोरखा जिल्ला स्थित आरुघाट गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ मा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याएको छ ।

स्थानिय तहको निर्वाचन पछि वडामा शिक्षा , स्वास्थ्य , खानेपानी , कृषि , बाटो सडक , सिचाई , धार्मिक तथा सांस्कृतिक योजना तथा कार्यक्रमहरु ल्याइएको वडा अध्यक्ष टेक ब. अधिकारीले बताउनुभयो ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

यस वडामा सबै भन्दा पहिलो समस्या भनेको वृद्ध वृद्धा , अपांगहरुले पाउने सामाजिक सुरक्षा भत्ता लिनको लागि हिडेर टाढा जानु पर्ने भौगोलिक विकटाले बाटो पनि हिडडुल गर्न असहजले ३ दिन लाग्ने समस्या रहेको थियो , अहिले वडाको पहलबाट टोल टोलमा गएर वितरण गर्ने व्यवस्था गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, वडामा शिक्षा ,स्वास्थ्य र विद्युतलाई पहिलो प्राथमिकता दिदै शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नको लागि विभिन्न शैक्षिक तालिमहरु व्यवस्था गरेका छौ ।

कृषि क्षेत्रलाई जोड दिदै कृषिमा आधुनिकीकरण गर्दै विभिन्न कृषि सम्बन्धी कार्यक्रमहरु राखेको वडा अध्यक्ष टेक ब. अधिकारीले बताउनुभयो ।

त्यस्तै गरी बाटो सडकको ट्रयाक खोल्दै पाँच वर्षको कार्यकालमा वडाको सम्रग बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल , ढलान गरेर बारै महिनामा गाडि चल्ने बनाउने बाटो बनाउने लक्ष्यका साथ काम गरेका छौ ।

त्यसै गरी वडामा झोलुङगे पुल निमार्ण गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । त्यसै गरी वडामा विकास निमार्णका कामहरु धेरै रहेका छन । आफनो कार्यकालमा यस वडालाई नमुना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेका छौ ।

उहाँले भन्नुभयो, स्रोत साधनले भ्याएसम्म वडाको समग्र वडालाई समेट्दै निरन्तर काम गरिरहेको उहाँले बताउनुभयो ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

 वडा नम्बर ३ प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon