वडामा मेरो पहिलो प्राथामिकता भनेको शिक्षा, स्वास्थ्य, खानेपानि र बाटो हो : अध्यक्ष पाध्या
१५ जेठ, काठमाडाैँ । गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने कुश्मा नगरपालिका नेपालको प्रसिद्ध नगरहरू मध्य एक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मि। माथी छ । कुश्मा नगरपालिका हालसालै घोषणा भएको नगरपालिका हो ।यो पर्वतको सदरमुकाममा अवस्थित छ ।
कुश्मा नगरपालिकालाई पहिलेको पर्वतको आठ वटा गाविसहरु पाङ्ग, खुर्कोट, दुर्लुङ्ग, शिवालय, कटुवा चौपारी, पिपलटारी, पकुवा, चुवालाई समावेश गरि मिति २०७१ साल बैशाख २५ गते गठन भएको थियो भने पछि ठुलीपोखरी,खौलालाकुरी र आर्थरडाँडाखर्क गाविस समावेश गरि मिति २०७३ साल फागुन ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ अट वडा भएको कुश्मा नगरपालिका गठन भएको हो ।
गण्डकी प्रदेश पर्वत जिल्लामा अवस्थित कुश्मा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तेज प्रसाद पाध्याले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।
कुश्मा नगरपालिका वडा नं. ३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तेज प्रसाद पाध्या ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष पाध्या अहोरात्र खटिरहनुभएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।
कुश्मा नगरपालिका वडा नं. ३ मा जम्मा बजेट पालिकाबाट ३५ लाख, संघबाट १ करोड र प्रदेशबाट ६० लाख बजेट विनियोजन गएिको वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिनुभयो ।
वडा अध्यक्ष पाध्या भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेका योजनाहरु मध्ये ९० प्रतिशत सम्पन्न भइसकेको र बाकीे रहेको केहि कामहरु अन्तिम चरणमा पुगेको छ ।”
वडा अध्यक्ष पाध्या भन्नुहुन्छ, “ हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, वडामा रहेको योजना मध्ये ९० प्रतिशत योजनाका कामहरु सम्पन्न भइसकेको र बाकीे रहेको कामहरु अन्तिम चरणमा पुगेको छ ।”
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष पाध्याले बताउनुभयोे ।
वडा अध्यक्ष पाध्याले भन्नुभयो, ‘ वडाबाट पहिलो प्राथमिकता बाटो, शिक्षा, स्वास्थ्य र खानेपानीलाई दिनुका साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै ग्राभेल गर्ने, बाटो चौडा बनाउने, ढलान गर्ने र नयाँ ट्रयाक खोल्ने कामहरु गरिएको छ । ‘
त्यसै गरी स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट आधारभुत स्वास्थ्य सुविधाहरु दिईरहेको र वडामा बर्थिङको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
त्यस्तै शिक्षाको क्षेत्रमा वडामा रहेका सामुदायिक विद्यालयको भवनको मर्मत सम्भार गर्ने, भौतिक संरचना निमार्ण गर्ने, आधुनिक शिक्षण प्रलाणीबाट लागु गर्न विशेष जोड दिएको र सामुदायिक विद्यालयमा विद्यार्थी संख्याहरु वृद्धि गर्न वडाबाट पहल गरिरहेकावडा अध्यक्ष पाध्याले बताउनुभयो ।
वडा अध्यक्ष पाध्याले भन्नुभयो, ‘अघिल्लाे कार्यकालमा माननिय सांसद पदम गिरीको पहलबाट कुश्मा देखि र्दुलुङ सम्म बाटो कालोपत्रे भएको हो । ‘
त्यसै गरी खानेपानीको क्षेत्रमा सम्पुर्ण वडाबासीहरुको घरघरमा धारा पुराउने अभियान पनि माननिय सांसद पदम गिरीकोे पहलबाट ल्याइएको वडा अध्यक्ष पाध्याले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ वडामा कृषिलाई प्रर्वधन गर्दै कृषि उत्पादन वद्धि गर्नको लागि सिजन अनुसारको विउँ विजनहरु वितरण गरेको, सुन्तला खेति गर्न पकेटको निमार्ण गरेको र मौरी पालन तालिमहरुको व्यवस्था गरेका छौ । ‘
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दै रोजगारीमुलक विभिन्न सिपमुलक तालिमहरु व्यवस्था गरेको र जनचेतनामुलक कार्यक्रमहरुको व्यवस्था गरेको वडा अध्यक्ष पाध्याले प्रष्ट पार्नुभयो ।
युवाहरुलाई लक्षित गर्दै विभिन्न वडास्तरीय खेलकुदको लागि खेलकुदको सामाग्रीहरुको व्यवस्था गरेको उहाँले बताउनुभयो ।
त्यस्तै उहाँले थप्दै भन्नुभयो, ‘ पहिलो कार्यकालमा वडाबासीहरुको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको र दोस्रो कार्यकालमा निर्वातिच भए पश्चात पनि वडाको चौतर्फी विकासको लागि अहोरात्र खटिरहेका छौँ । ‘
वडा अध्यक्ष तेजप्रसाद पाध्याले भन्नुभयो, ‘ स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । ‘
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।







