कालाे सूचीमा परेकाे चिनियाँ कम्पनीबाट हतियार किन्दै नेपाली सेना

Share Icon

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि नेपाली सेनाले चिनियाँ कम्पनीमार्फत हतियार आयातको तयारी गरिरहेको छ। नेपाली सेनाले संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयातको तयारी थालेको हो।

नेपाली सेनाले अमेरिकाले ब्ल्याक लिस्ट गरेको कम्पनी चाइनिज् नर्थ इन्डस्ट्रिज ग्रुप कम्पनी लिमिटेड (नोरेन्को)मार्फत हतियार खरिद गर्नका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडमा एलीसी खुला गरेको छ।

यसअघि हिमालय बैंकमा एलसी खोल्‍ने तयारी गरेको पनि हिमालय बैंकले भने अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीका लागि एलसी नखोल्‍ने बताएपछि नेपाली सेनाले नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत एलसी खुला गर्न लागेको हो।

नेपाली सेनाले अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयत गर्न एलसी खुला गरेसँगै नेपाली सेनाको कारबाहीका लागि नेपाल केन्द्रीय बैंकमाथि आर्थिक प्रतिबन्ध लाग्‍ने जोखिम पनि रहेको छ।

नेपाली सेनाले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको आगमनसँगै एजेन्ट लोकेन्द्र कार्कीमार्फत टेन्डर प्रक्रिया नै मिचेर ६ अर्ब रुपैयाँ बराबरको चिनियाँ हतियार किन्‍ने तयारी गरेको थियो।

चीनबाट एकैपटक ठूलो परिणाममा हतियार खरिद गर्ने भएपछि स्थानीय पुरानो एजेन्ट नै परिवर्तन गर्दै नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीका भाइ लोकेन्द्र कार्कीमार्फत हतियार ल्याउने पहल सुरु गरिएको थियो। बिना प्रतिस्पर्धा सेनाले गोप्य रुपमा परराष्ट्र मन्त्रालयको सल्लाहबिना सिधै चिनियाँ दूतावासलाई पत्र पठाएर चीनबाट २६ वटा एपीसी र ७२ वटा ट्याक्टीकल भेइकल खरिद गर्न लागेको हो।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.