नेप्से परिसूचक आठ दशमलव ११ अङ्कले घट्यो

Share Icon

१० साउन,काठमाडौँ । चालु आर्थिक वर्षको मौद्रिक नीति जारी भएको दिन गत आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक त्यसपछिका तीन दिन भने लगातार ओरालो लागेको छ ।

सोमबार र मङ्गलबार दोहोरो अङ्कको गिरावट देखिएको नेप्से परिसूचक आज आठ दशमलव ११ अङ्कले घटेर दुई हजार एक सय ५६ दशमलव २० अङ्कमा कायम भएको हो ।

आज दुई सय ६० कम्पनीको ७३ लाख ९९ हजार चार सय ७४ कित्ता शेयर ४२ हजार सात सय १४ पटक खरिद–बिक्री हुँदा रू दुई अर्ब ४३ करोड २५ लाख आठ हजार सात सय ६९ बराबरको कारोबार भएको छ ।

वित्त समूह एक दशमलव ६१, म्युचुअल फन्ड शून्य दशमलव ०५ र अन्य समूह ११ दशमलव ३१ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ८६ दशमलव ७२ र होटल तथा पर्यटन समूह ८५ दशमलव ४२ अङ्कले घटेको छ ।

आजको कारोबारमा बैंकिङ शून्य दशमलव ६०, विकास बैंक १६ दशमलव ६७, जलविद्युत् २२ दशमलव १० र लगानी शून्य दशमलव ४७ अङ्कले घटेको छ ।

त्यस्तै, जीवन बीमा २७ दशमलव ९९, उत्पादन तथा प्रशोधन ४९ दशमलव ३५, लघुवित्त ३० दशमलव ९९ र व्यापार समूह २४ दशमलव ५० अङ्कले घटेको छ । आजको कारोबारपछि सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ९६ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै गुमाउनेमा भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ४९ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै ग्लोबल आइएमइ बैंक लिमिटेडको प्रमोटर शेयर रू १५ करोड १२ लाख ५३ हजार नौ सय बराबरको १५ लाख १२ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच भएको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.