गरिवि निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिम

Share Icon

आलोक भावुक 

गढवा, ७ चैत ।  गरिवि निवारणका लागि गढवा गाउँपालिकाद्वारा एक महिने होजियारी बुनाई तालिमको मंगलवार गढवा – ३ गोबरडियामा उद्घाटन गरिएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य बिमल कुमार चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको हो ।

एक महिना सम्म चल्ने तालिमको उद्घाटन गर्दै गढवा गाउँपालिका यमनारायण शर्मा पोख्रेलले गढवा गाउँपालिकाले महिलाहरुलाई गाउँमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उदेश्यले ‘एक महिने होजियारी बुनाई तालिम’ सञ्चालन थालेको बताउनुभयो ।

गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा एक महिने होजियारी बुनाई तालिम सञ्चालन गरी स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरेको बताउनु भयो ।

गढवा गाउँपालिका वडा नम्बर – ३ गोबरडियामा रहेको वडा कार्यालयको भवनमा आयोजित तालिममा वडाभरीका गरी ३० जना महिला उद्यमीको सहभागिता रहेको छ। सहभागी सबैलाई होजियारी बुनाई सम्बन्धी आवश्यक सामग्री बनाउन लमही नगरपालिका वडा नम्बर – ६ की सिता चौधरी प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको छ ।

मंगलवार गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिमको उद्घाटन गर्दै महिलाहरु सिप सिकेर उद्यम व्यवसाय गरी उत्पादनसँग जोडिनुपर्ने बताउनुभयो ।

पालिकाले गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत अघि सारिएको यो योजनाले महिलाहरु सिपयुक्त हुन सके गाउँघरमै बसेर सानो लगानीबाटै उद्यम व्यवसाय गरेर आर्थिकोपार्जन गर्न सक्न सक्षम हुने बताउनुभयो ।

तालिमको उद्देश्य सिप सहित उध्धमी बन्न सिकाउने रहेको बताउदै अध्यक्ष पोख्रेलले उध्धमी बन्न नसके पनि केही उन्नत तरिकाका घरेलु सामग्रीहरु उत्पादनगर्न यस्तो तालिमको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सिप सिकेपछि परम्परागत र आधुनिक सामग्री उत्पादन गर्न गाउँघरमै बसेर महिलाहरु सक्षम हुने उहाँको भनाई थियो।

लघु उद्यम विकास सहजकर्ता बिनु भुजेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण लघु उद्यम विकास सहजकर्ता मिना चौधरीले गर्नु भएको थियो

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.