विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने वडा अध्यक्ष अमर सिंह धामी
११ जेठ, काठमाडौं । भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ।
साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा.वि.स विच मिल्ने भएकाले यी ६ गा।वि।स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा ३४ मतले पराजित हुनुभएका अमर सिंह धामी त्यसपछिभने निरन्तर समाज सेवामा लाग्नुभयो ।
फलस्वरूप अमर सिंह धामी २०७९ सालको स्थानिय तहको निर्वाचनमा सिगास गाउँपालिका वडा नम्बर ३ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।
सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष धामीले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।
वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले संस्थामा आवद्ध रहनुभएका अमर सिंह धामी निरन्तर रुपमा समाज सेवामा लागी रहनुभएको थियो।
वडामा पहिलो प्राथमिकतामा कृषि, यातायात, स्वास्थ्य, शिक्षा, तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ३ का अध्यक्ष धामीले बताउनुभयो।
हामी स्थानिय संग निरन्तर हातेमालो गरेर विकास, निर्माणका गतिबिधिमा लागी रहेको छौं।
वडाका मुख्य समस्या यातायात, बिद्युत, शिक्षा रहेको छ । यसको पहल हुदै गरेको छ । वडा अध्यक्ष धामीले उल्लेख गर्नुभयो।
वडा अध्यक्ष धामीले भन्नुभयो, ‘वडामा समस्या असिमित रहेको छ । आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’
नमुना वडा बनाउन अहोरात्र खटिरहेको छौं । स्थानियहरु संग हातेमालो गर्दै छौ विकास निर्माणमा तथा वडामा पारिवारिक वातावरण सिर्जना गरेका छौ । स्थानियलाई सहजताको महसुस गराउन हरदम लागीरहेको कुरा वडा अध्यक्ष धामीले उल्लेख गर्नुभयो।
वडा अध्यक्ष धामीले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं।’
वडा अध्यक्ष धामीले बताउनुभयो, ‘जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।’
वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?
मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ , त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु।
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु।







