Share Icon

११  जेठ , काठमाडौँ ।  भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ।

साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा।वि।स विच मिल्ने भएकाले यी ६ गा।वि।स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा।वि।स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ ।

ठगेन्द्र सिंह ऐर २०७९ सालको स्थानिय तहको निर्वाचनमा सिगास गाउँपालिका वडा नम्बर २ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले संस्थामा आवद्ध रहनुभएका ठगेन्द्र सिंह ऐर निरन्तर रुपमा २० वर्ष देखि शिक्षण पेशामा लागी रहनुभएको थियो।

चालु आर्थिक बजेटबाट वडामा ५० प्रतिशत काम सम्पन्न गरेरेको बाँकी काम अब चाडै सक्ने वडा अध्यक्ष ऐरले उल्लेख गर्नुभयो ।

वडा अध्यक्ष ऐरले भन्नुभयो, ‘शिक्षा, कृषि तथा खानेपानी, बाटोघाटो, जनचेताना, स्वास्थ्य लगायतका योजना तथा कार्यक्रमहरू अगाडी वडामा बढाएको छौं ।’

वडाका हरेक ठाउँमा अहिले तीव्र रूपमा विकास भइरहेको र अहिले सम्म विकास कार्य सुरु नगरिएका ठाउँमा समेत अबको केही दिनमा नै कार्य सुरु गर्ने योजना तयार भैसकेको अध्यक्ष  ठगेन्द्र सिंह ऐरले बताएका हुन ।

उहाँले वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो। उहाले थप्दै भन्रुभयो,’आवश्यक स्रोत साधनको अभावले निम्त्याउने समस्या विकासको बाधक बन्न पुग्दोरहेछ तर जनताको सेवाका लागि निर्वाचित भइसकेपछि भोक,पीर चिन्ता र निन्द्रा भन्नेकुरा आउदो रहनेछ म सदैब लागी पर्ने छु।’

उहाँले भन्नुभयो, “स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेट्दै निरन्तर अगाडि बढिरहेका छौ । सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागि परेका छौं। वडा अध्यक्ष ऐरले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ।

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर २ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर २ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon