Share Icon

 १ फागुन, काठमाडाैँ । गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं.१० का वडा अध्यक्ष रिखी राज धरौलीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो ।

गोरखा जिल्लाको  पालुङटार नगरपालिका वडा नंं.१० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष रिखी राज धरौलीे ।

जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो ।

उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।

थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष बताउनुभयो धरौलीले ।

उहाँले वडा खबरसंग कुरा गर्दै भन्नुभयो, ” स्वास्थ्यको क्षेत्रमा वडामा घुम्ति स्वास्थ्य सिविर चलाएर वडाबासीहरुलाई स्वास्थ्य सम्बन्धि सेवाहरु उपलब्ध गराइरहेको छौ । ”

शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरुलाई निशुल्क भर्नाको व्यवस्था गरेको र विद्यालयको कम्पाउन्डको लागि पनि वजेट विनियोजन गरेको वडा अध्यक्ष धरौलीले बताउनुभयो ।

उहाँले भन्नुभयो,  ” यो वडामा पर्यटनको लागि सम्भावना रहेको कोटबारी डाँडा जाने बाटोलाई रेलिङ ,सिढी बाटो बनाउने र पार्क बनाउने कामहरु तीव्र गतिमा भइरहेको छ । ”

यस वडामा स्वास्थ्यको भवन नभएकोले उक्त भवन बनाउने भइरहेको रहेको उहाँले प्रष्ट पार्नुभयो । त्यसै गरी कृषिको क्षेत्रमा मकै पकेट क्षेत्र भनेर छुटटाइएर कृषिलाई व्यवसायमय बनाउने योजनामा रहेको उहाँले बताउनुभयो ।

विद्युतको क्षेत्रमा मर्मत सम्भार गर्दै काठको पोल भएको ठाउँमा फलामको पोल हाल्ने योजनामा रहेको वडा अध्यक्ष धरौलीले बताउनुभयो ।

त्यस्तै वडामा धेरै योजना तथा कार्यक्रमहरु रहेका छन, ति योजनाहरु कुनै सम्पन्न भईसकेको र केहि योजनाहरु सम्पन्न गर्न कामहरु अगाडि बढाईरहेको उहाँले बतानुभयो । स्राेत साधनले भ्याएसम्म समग्र वडालाई समेट्दै निरन्तर कामहरू अगाडि बढाइरहेकाे वडा अध्यक्ष धराैलीले बताउनुभयाे ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १० प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

 

 

Facebook Comments Box

Share Icon