Share Icon

काठमाडाैं । नुवाकाेटकाे सुर्यगढी गाउँपालिका वडा नम्बर १ काे कार्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार स्वरूप शैक्षिक सामाग्री प्रदान गरेकाे छ ।

बिहीबार श्री दुधेदेवी माध्यमिक विद्यालयको शैक्षिक सत्र २०७९ सालको वार्षिक परिक्षामा प्रथम, दितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार स्वरूप शैक्षिक सामाग्री प्रदान गरिएकाे वडा अध्यक्ष राज कुमार तामाङ (रन्जित) ले जानकारी दिनुभयाे ।

उत्कृष्ट हुने तीनै जना विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुनुका साथै अनुशासित जेहेन्दार रहेकाे विद्यालयले जनाएकाे छ । विद्यालयका अुनसार पुरस्कार पाउने विद्यार्थीहरू विद्यालयकै सर्वोत्कृस्ट जीपीए ल्याएर उतीर्ण भएका छन् ।

वडा अध्यक्ष तामाङले पुरस्कारले विद्यार्थीहरूमा अझ थप प्रेरणाको साथ हौसला प्रदान हुने उद्देश्यले पुरस्कार वितरण गरिएकाे बताउनु भयाे ।

साथै आगामी दिनमा विद्यालयको शैक्षिक विकासको लागि वडाको तर्फबाट हरेक काेणबाट सहयोग गर्ने प्रतिबद्धता समेत वडा अध्यक्षले व्यक्त गर्नुभयाे ।

Facebook Comments Box

Share Icon