गाउँपालिकाले ध्यान नदिँदा सामुदायिक विद्यालयकाे शैक्षिक स्तर खस्कियाे
काठमाडाैं । सुर्खेतमा गाउँपालिकाले ध्यान नदिँदा सामुदायिक विद्यालयकाे शैक्षिक स्तर खस्किएकाे छ ।
स्थानीय पत्रकार कमल कठायतले चाैकुने गाउँपालिकाले ध्यान नदिँदा सामुदायिक विद्यालयकाे शैक्षिक स्तर खस्किएकाे बताउनु भयाे।
उहाँले गाउँपालिका अध्यक्ष खड्क विकले पालिकाभित्र रहेका सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तरमा खसै ध्यान नदिएकाे आराेप लगाउनु भयाे ।
चौकुनेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका र ८ को नतिजामाथि अहिले प्रश्न नै उठ्न थालेकाे छ ।
चौकुनेमा रहेका सामुदायिक विद्यालयका ५ सय ५६ जना विद्यार्थी परीक्षामा समेल भएकाे थिए । तर उतीर्ण भने जम्मा १०० जना भएकाे स्थानीय पत्रकार कठायतले बताउनु भयाे ।
यो नतिजा हेर्दै गर्दा हाम्रो समग्र चौकुनेको शैक्षिक धरातल कति कमजोर छ भन्ने अवस्था उजागर गरेकाे उहाँकाे भनाइ छ।
उहाँले हरेक वर्ष सरकारी विद्यालयको खस्किदो नतिजाले सबैलाई चिन्तित बनाएकाे जिकिर गर्नुभयाे ।
उहाँले भन्नुभयाे, ‘विद्यालयमा सम्पूर्ण विषयका विशेषज्ञ शिक्षक कर्मचारी नहुनु, २/४ जना शिक्षकले मावि/ निमावि धान्नु, दक्ष योग्य जनशक्ति नहुनु, समयमै शैक्षिक सामाग्री तथा पाठ्यपुस्तक नपुग्नु र केहि नपढाउने झारा टार्ने शिक्षक कर्मचारीकाे करण पनि चौकुनेकाे शैक्षिक गुणस्तर खस्किएकाे जानकारी दिनुभयाे ।
तालिम, सभा, सम्मेलन, अन्तरक्रिया, छलफल, योजना निर्माण आदि गरी शिक्षाको गुणस्तर उकास्ने प्रयत्न गरिँदै आए पनि व्यवहारमा सार्थकता पाउन नसकेकाे उहाँले जानकारी दिनुभयाे ।
सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने योजना बुनिरहँदा त्यहाँ ध्यान जान सकेको छैन जहाँ शैक्षिक सत्रभरि पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेको हुँदैन। जहाँ विषयगत, तहगत र विज्ञ शिक्षककाे अभाव छ।
यसविषय गाउँपालिकाकाे शिक्षा शाखासँग वडाखबरले बुझ्ने प्रयास गर्दा शिक्षा शाखाका प्रमुख टेकेन्द्र बहादुर बुढाले प्ररिक्षार्थीकाे संख्याअनुसार उतीर्ण भएकाे संख्याकाे आधारमा शैक्षिक अवस्था केही हदसम्म खस्किएकाे बताउनु भयाे । उहाँले भन्नुभयाे, ‘समग्रमा हेर्दा शैक्षिक अवस्था खस्किएकाे छैन, यसले एसईई दिने बेला विद्यार्थीहरुलाई फाइदा पुग्नेछ।’
किन कमजोर भैरहेको छ चौकुनेका सामुदायिक विद्यालयको शिक्षा ?
– ग्रामीण भेगमा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुग्नु
– पाठ्यपुस्तक पुगे पनि विषयगत तथा तहगत शिक्षकको अभाव हुनु
– प्रयाप्त मात्रामा शिक्षण सिकाइ क्रियाकलापका लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीको व्यवस्था नहुनु
– शिक्षामा राजनीति हावी हुनु
– समुदाय, व्यवस्थापन समिति, शिक्षकप्रति जिम्मेवारी बोध तथा अपनत्वको भावनामा कमी आउनु
– शिक्षक बिधार्थि तथा अभिभावक ले आफ्नो जिम्मेवारी पूरा नगर्नु
– फितलो व्यवस्थापन
– कमजोर सरकारी सयन्त्र
– कक्षाकोठा व्यवस्थापन गर्नसकेको छैन।
– कक्षामा के पढाउने भन्ने योजना बिनै शिक्षक कक्षा प्रवेश गर्छन्।
चौकुनेका सरकारी स्कुलमा अब शैक्षिक गुणस्तर कायम गर्न के ?
– समयमै पाठ्यपुस्तकको उपलब्धता गराउने
– विषयगत, तहगत एवम् तालिमप्राप्त शिक्षकको व्यवस्था गर्ने
– शैक्षिक सामाग्रीको व्यवस्था गर्ने
– शैक्षिक गुणस्तर सुधार गर्ने शिक्षक, कर्मचारीलाई पुरुस्कार र कमजोर हुनेलाई तालिम दिएर सुधारको अवसर दिने
– शिक्षक प्रधानाध्यापकप्रति, प्रधानाध्यापक विद्यालय अभिभावक प्रति र समिति स्थानीय तहप्रति उत्तरदायी भए शैक्षिक गुणस्तर कायम गर्न सकिन्छ।
अब पुरानै ढाँचामा होइन, समयसापेक्ष परिवर्तन गरी कमीकमजोरी हटाएर चौकुनेको शैक्षिक जग बलियो बनाउन आबश्यक छ !







