Share Icon

काठमाडाैं । बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ६ काे कार्यालयले राष्ट्रिय परिचय पत्र बनाउन समय थप भएकाे जनाएकाे छ ।

छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन समय थप भएकाे वडा अध्यक्ष माेहन राम मिश्रले जानकारी दिनुभयाे ।

मंगलबार समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै अध्यक्ष मिश्रले टोली फिर्ता हुने जानकारी दिँदै छुटेका वडावासीहरुलाई राष्ट्रिय परिचयपत्र बनाउन एक दिन समय थप भएकाे जानकारी दिनुभयाे ।

उहाँले लेख्नुभएकाे छ, ‘राष्ट्रिय परिचयपत्र बनाउन एक दिन २०८०/०१/२० गते बुधबार थप गरिएको सूचना जानकारी गराइन्छ। समयमै राष्ट्रिय परिचयपत्र बनाउ।’

Facebook Comments Box

Share Icon