युवालाई स्वदेशमै राेक्ने अभियान संचालन गरेकाे छुः अध्यक्ष बस्नेत
९ असोज, काठमाडौं । रामेछाप जिल्लाको उत्तरी भू-भागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो।
यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठूलो गाउँपालिका हो। जम्मा सात वटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७ हजार ६ सय १ रहेको छ । यो गाउँपालिका ४५१.९९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। उमाकुण्ड गाउँपालिकाको केन्द्र हाल वडा नम्बर ४ प्रितीको च्यादलुमा रहेको छ ।
उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका उत्तरमा सोलुखुम्बु र दोलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्धिमा निकै ठूलो चुनौती देखिन्छ । विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानीय सरकार आएसँगै विकास निर्माणले गति लिन थालेको छ ।
उमाकुण्ड गाउँपालिकाको समृद्धिको आधार भनेको कृषि,पर्यटन र जलश्रोत नै हो। उमाकुण्ड गाउँपालिका धार्मिक, ऐतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका हो । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी र जट्टापोखरि लगायतका महत्वपूर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै हो। त्यस बाहेक उमाकुण्ड गाउँपालिकामा ऐतिहासिक तथा धार्मिक स्थल तामेडाँडाक्षेत्र उमातिर्थ मन्दिर , विभिन्न चण्डी मन्दिर लगायतका धेरै ऐतिहासिक तथा धार्मिक स्थलहरु रहेको छन् ।
गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण स्थलहरु रहेका छन् । जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिकामा धेरै सम्भावना रहेको छ ।हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ ओटा भन्दा बढी हाइड्रोपावरहरु निर्माण भैरहेको छ । अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगायतको समेत काम भैरहेको छ।
कृषि र पशुपालनको लागि अत्याधिक सम्भावना रहेको गाउँपालिकाको वडा नम्बर १ गुम्देल लगायत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ । उमाकुण्ड गाउँँपालिकामा कृषिमा आलु किवी अलैंची र चिया लगायतका नगदे बालीको प्रशस्त खेती भैरहेको छ । उमाकुण्ड गाउँपालिका बहुमूल्य जडिबुटीको भण्डारको रुपमा पनि परिचित गाउँपालिका हो।
उमाकुण्ड गाउँपालिका-२ का वडा अध्यक्ष खम्बध्वज बस्नेतले कृषि क्षेत्रलाई पहिलाे प्राथमिकता दिएकाे बताउनुभएकाे छ । अध्यक्ष बस्नेतले यस वडामा कृषिमा किवी र अलैंची खेतीलाई प्राथमिकता दिएकाे बताउनुभएकाे हाे । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, कृषि, सडक,पर्यटन र विद्युत लगायतका क्षेत्रमा पनि सहज रूपमा नै काम भइरहेकाे पनि उहाँले बताउनुभयाे ।
पर्यटन क्षेत्रलाई अगाडि बढाउने र पार्क बनाउने याेजना रहेकाे उहाँले बताउनुभयाे । वडामा सडक कालाेपत्रे गर्ने याेजना रहेकाे पनि उहाँकाे भनाइ छ । सडक बाह्रै महिना संचालन भइरहेकाे पनि उहाँले बताउनुभयाे । यस वडामा भएका विद्युतका तारहरूलाई अण्डरग्राउन गराउने याेजना रहेकाे उहाँकाे भनाइ छ ।
त्यस्तै, फरक प्रसंगमा उहाँले स्वास्थ्य र सामुदायिक विद्यालयहरूलाई सुधार गर्ने याेजना रहेकाे बताउनुभयाे । साथै आर्थिक वर्ष २०८०/ ०८१ को बजेट मार्फत वडा नम्बर २ लाई पालिकाले ४८ लाखकाे बजेट सिलिङ गरेकाे उहाँले बताउनुभयाे । युवालाई स्वदेशमै राेक्नका लागि एउटा अभियान नै संचालन गरेकाे उहाँकाे तर्क छ।
साथै पहिलाे कार्यकाल सन्ताेषजनक रूपमा सम्पन्न गरेकाे बताउँदै दाेस्राे कार्यकाल पनि निर्वाचनकाे समयमा जनताकाबीचमा गरेका प्रतिवद्धता पूरा गर्ने उहाँकाे दावी छ ।