नमुना वडा बनाउन लागी रहेकाे छौं : वडा अध्यक्ष राजेन्द्र बहादुर

Share Icon

११ जेठ, काठमाडौं ।  भुपरिवेष्ठित देश नेपालको सुदूरपश्चिम प्रदेशको पश्चिम भागमा अवस्थित रहेको वैतडी जिल्लाको पुर्वी पहाडी भागमा यो सिगास गाउँपालिका अवस्थित रहेको छ।

साविकका सिगास‚गाँजरि‚ढुङ्गाड‚थालाकाँडा‚शिवलिङ्ग‚चौखाम गाविस र शिखरपुरका २ वडा मिलाएर हाल सिगास गाउँपालिका बनेको छ । रहनसहन‚लवाईखवाई देखि लिएर रीतिरिवाज परम्परा‚भाषा लगायत सम्पुर्ण कुरा यी ६ गा।वि।स विच मिल्ने भएकाले यी ६ गा।वि।स समावेश गरि एक गाउँपालिको रुपमा सिफारिस गरिएको थियो ।यस सिगास गाउँपालिमा ९ वडा कायम गरि साविकको शिवलिङ्ग गा.वि.स को वडा न ४ गर्जेमा कार्यालको केन्द्र कायम गरिएको छ ।

२०७४ सालकाे स्थानिय तहको निर्वाचनमा ३६ मतकाे अन्तरले पराजित हुनुभएका राजेन्द्र बहादुर चन्द निरन्तर रूपमा समाज सेवामा लागीरहनु भयाे फलस्वरूप राजेन्द्र बहादुर चन्द २०७९ सालको स्थानिय तहको निर्वाचनमा सिगास गाउँपालिका वडा नं ५ मा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले व्यवसायमा आबद्ध रहनुभएका राजेन्द्र बहादुर चन्द निरन्तर रूपमा समाज सेवामा आबद्ध हुनुहुन्थ्यो।

सिंहदरबारको अधिकार गाउँमा महसुुस गराउने प्रयत्नमा हामी लागिपरेका छौं। अध्यक्ष राजेन्द्र बहादुर चन्दले बताउनुभयो जुन रचनात्मक रूपमा हामी अघि बढेका छौं। वडा नमुना बनाउने हाम्रो उदेश्य रहेको छ । योजना बनाएर अघि बढे विकास र समृद्धिको सन्देश वडाबाटै दिन सकिने उहाँले बताउनुभयो।

५ नम्बर वडाकामा स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानी लगायत जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा योजना अगाडी विकास गर्दै लगिने वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र बहादुर चन्दले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि निरन्तर रुपमा समाजिक सेवामा आबद्ध रहनुभएका चन्दले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।

बजेटको कार्यान्वयन, सञ्चालन हुने योजनाको दिगोपन र योजनाका नाममा मागिखाने भाँडो बनाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्ने सोचको विकास भएको वडा अध्यक्ष चन्दले वताउनुभयो।

निरन्तर रुपमा लागीपरेका छौ। मेरो वडाबासीले निरन्तर रुपमा साथ र सहयोग गरि रहनुभएको छ । साथै पहिले समाजिक सेवामा रहेर काम गरेको मेरो वडाको समस्या नजिक देखि देखेको हुनाले र स्थानियको पिर मर्का बुझ्न र समाधान गर्न त्यति गाह्रो नभएको कुरा स्पष्ट पार्नुभयो।

वडा अध्यक्ष चन्दले भन्नुभयो, समग्र वडाहरु भन्दा सिगास गाउँपालिका वडा नम्बर ५ बिकट तथा पछाडि परेको वडा रहेको वडा हो ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ५ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा सीर्पालीले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘ पहिलो प्रथमिकता बिद्युतलाई दिएर अन्य जनचेताना, स्वास्थ्य,शिक्षा, कृषि तथा खानेपानीका योजना तथा कार्यक्रमहरू रहेका छन्।’ उहाँले वडाको चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर काम अघि बढाइएको बताउनुभयो । वडाबासीको हरेक सुखदुखमा साथ र सर्मथन सदैव रहेन बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग, मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे, अझै पनि जनताको सेवक भएर सेवा गर्ने अठोट छ, जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागि अवसर हो ।’

वडा अध्यक्षमा निर्वाचन हुनभन्दा पहिले राजनिति, व्यवसाय तथा समाज सेवामा आबद्ध रहनुभएका राजेन्द्र बहादुर चन्द निरन्तर रुपमा वडाका गतिबिधि अगाडी बढाई रहनुभएको छ ।

चालु आर्थिक वर्षको बजेटबाट ७० प्रतिशत काम वडाको गतिबिधि भएको बाकी काम चाडै हुने वडा अध्यक्ष चन्दले उल्लेख गर्नुभयो । स्वास्थ्य शिक्षा, खानेपानि, सडक तथा पुर्वाधारहरुलाई प्राथमीकतामा राखेर काम गरिरहेको वडा अध्यक्षले उल्लेख गर्नुभयो ।

वडामा बाहिर रहेर सोचेजस्तो काम गर्न सहज नभएको सबैलाई चित्त बुझाउन नसकिने रहेछ तर काम निरन्तर रूपमा गर्ने वडा अध्यक्ष चन्दले बताउनुभयो ।

वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर ५ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ५ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.