Share Icon

१४ बैशाख ,काठमाडाैं ।  संखुवासभाको चिचिला गाउँपालिकामा बाघले गाईवस्तु मारेपछि स्थानीय किसान त्रसित बनेका छन् । बाघले एकै रात यमबहादुर राईको एउटा गोरु र दलमान राईको दुई वटा गोरु र एउटा गाई गरी चार वटा गाईवस्तु मारेको चिचिला गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दिनेश राईले बताउनुभयो ।
बाघले गाईवस्तु मारेपछि सबैजसोले घरछेउमै गाईवस्तु बाँध्न थालेका छन् । गाईवस्तुमाथि बाघले पुनः आक्रमण गर्ने डरले स्थानीय किसानले रातभर निगरानी गर्न थालेका छन् । बाघले आक्रमण गर्न नदिन किसानले रातभर होहल्ला गर्दै गाउँघर घुम्न थालेका वडाध्यक्ष राईको भनाइ छ ।
Facebook Comments Box

Share Icon